धार्मिक तथा पर्यटकीय स्थल तनहुँ सहिद कालिका जङ्गल पार्कमा सरसफाई

Devghat Online

शेयर गरौ

दमौली, भदौ ८

तनहुँको व्यास नगरपालिका–४ स्थित धार्मिक तथा पर्यटकीय स्थल तनहुँ सहिद कालिका जङ्गल पार्कमा सरसफाई गरिएको छ । दमौलीका युवा अभियान्ता सुदीप गफ्फारको नेतृत्वमा मन्दिर जाने बाटो तथा मन्दिर परिसरमा सरसफाइ कार्यक्रम आयोजना गरिएको हो ।

उक्त सरसफाईमा व्यास नपा–४ का जनप्रतिनिधि, स्थानीय बासिन्दा, विद्यार्थीहरु तथा चापाघाटस्थित कालीभञ्जन गण (इ) का सेनाहरु सहभागी थिए । दमौलीको महत्वपुर्ण धार्मिक तथा पर्यटकीय क्षेत्र सहिद कालिका मन्दिर तथा मन्दिर जाने बाटो र वरपर निकै झाडी बढेको हुँदा सरसफाई गरिएको युवा अभियन्ता गफ्फारले बताए ।

मन्दिर जाने बाटो र मन्दिर परिसर सरसफाई गरि मन्दिर क्षेत्रमा धार्मिक पर्यटकहरुको बृद्धि गराउने र यस क्षेत्रलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गराउने उद्देश्यले सरसफाईको आयोजना गरिएको गफ्फारले बताए ।

व्यास ४ का वडा अध्यक्ष मनबहादुर गुरुङले यस क्षेत्रमा अव नियमित सरसफाई भईरहनु पर्ने बताए । उनले कालिका मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यको रुपमा विकास गराउन यो अभियानले सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट महा–महोत्सव बिथोल्न खोज्नेलाई बिजयकृष्ण मुर्तीको चेतावनीः ‘कसैले अवरोध गर्न खोजे देवघाटमा हिन्दु सेना उतार्छौ’

देवघाट, माघ ५ पशुपतीनाथ परिसरमा गत साउन महिनामा एक महिने कोटीहोम लगाएर चर्चामा आएका बालयोगेश्वर

ब्रह्मलीन गुरुको पुण्यतिथिमा परमानन्द संस्कृत गुरुकुल देवघाटमा विभिन्न कार्यक्रम हुने

देवघाट, माघ ५ राष्ट्रसन्त ब्रह्मलीन अनन्तश्री विभूषित परमानन्द सरस्वती महाराजको २८ औँ वार्षिक पुण्यतिथिको अवसरमा