भिमाद र म्याग्दे विच राजश्व वृद्धिका लागि नदिजन्य सामाग्रीहरु ओसारपसार र प्रयोग सम्वन्धी सम्झौता सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, भदौ ८

तनहुँको भिमाद नगरपालिका र म्याग्दे गाउँपालिका विच राजश्व वृद्धिका लागि नदिजन्य सामाग्रीहरु ओसारपसार र प्रयोग सम्वन्धी सम्झौता सम्पन्न भएको छ । शुक्रबार भिमाद नगरपालिकामा आयोजित कार्यक्रममा भिमाद नगरपालिकाका मेयर दधिराज सुवेदी र म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

दुई पालिका विच आ–आफ्नो क्षेत्र भित्र उत्खनन् हुने नदिजन्य पदार्थहरु उत्खनन तथा विक्री वितरण र राजश्व संकलन बढाउने प्रयोजनार्थ विभिन्न शर्तहरुको अधिनमा रही सम्झौता गरिएको हो । दुबै पालिकाको समझदारीमा नदिजन्य सामाग्रीहरु दुवै पालिकाको सिमा भईए बग्ने नदिवाट वारपार गर्ने विषयमा आवश्यकता अनुसार प्रयोग तथा व्यवस्थापन गर्ने विषयमा सम्झौता भएको म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए ।

सम्झौता पत्रमा नदिजन्य समागीहरु ओसारपसारको लागि आवश्यकता अनुसार म्याग्दे गाउँपालिकालाई भिमादले सडक लगायत अन्य उपयोग गर्न सहजता प्रदान गर्ने, त्यस वापत भिमादले वातावरण प्रदुषण शुल्क (निकासी कर) लगायतको नियमानुसार लिन मिल्ने कर असुली गर्ने सहमती भएको छ ।

त्यसैगरि म्याग्दे गाउपालिकाको अनुरोध बमोजिम राजश्व अशुलीमा भिमादले म्याग्दे गाउँपालिकालाई सहजता प्रदान गर्ने तथा म्याग्दे गाउँपालिकाको अनुरोध वमोजिम भिमादले सेति नदिको वहावमा असर नपर्ने गरी तोकिएको समयको लागि मात्र हिमपाइप राख्न तथा सडक प्रयोग गर्न दिने सहमती भएको छ ।

यसैगरि म्याग्दे गाउँपालिकाले नदिजन्य सामागीहरु ओसारपसारको लागि आवश्यकता अनुसार भिमाद नगरपालिकालाई सडक लगायत अन्य उपयोग गर्न सहजता प्रदान गर्ने, वातावरण प्रदुषण शुल्क (निकासी कर) लगायतको हकमा नियमानुसार लिन मिल्ने कर म्याग्देले भिमादसँग असुली गर्ने तथा भिमाद नगरपालिकाको अनुरोध वमोजिम राजश्व असुलिमा सहजता प्रदान गर्ने सहमती भएको छ ।

यस्तै भिमाद नगरपालिकाको अनुरोध वमोजिम सेति नदिको वहावमा असर नपर्ने गरी तोकिएको समयको लागि मात्र हिमपाइप राख्न तथा सडक प्रयोग गर्न दिने तथा दुई पालिकाको समविकासमा साझा सम्झौता गरी सहमति कायम गर्ने सहमती भएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

सो सम्झौता पछि भिमाद र म्याग्देको राजश्व असुलीमा बृद्धि हुने आशा गरिएको छ । उक्त सम्झौतापत्रमा भिमादका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनी र म्याग्देका प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारी रोहबर बसेका छन् ।

यसअघि शुक्लागन्डकी नगरपालिका र म्याग्दे गाउँपालिका विच सुर्यनेपाल प्रालिले गत असार १६ गते शुक्लागन्डकी नगरपालिकालाई हस्तान्तरण गरेको दमकल आवश्यकता परेको खन्डमा म्याग्दे गाउँपालिकाले पनि प्रयोग गर्ने विषयमा विभिन्न सर्तहरुमा रहेर सम्झौता भएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

प्रधानमन्त्री र इजिप्टका राष्ट्रपतिबीच टेलिफोन संवाद, विपिन जोशीको रिहाइका लागि आग्रह

काठमाडौं । फागुन २८ प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग