ग्रीन डेभलपमेन्ट बैंक को १२ औं बार्षिकोत्सव, ग्रीन समृद्धि बचत खाता सञ्चालन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १०

ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड आईतवार बाह्रै वर्षमा प्रवेश गरेको छ । २०७० सालमा खुलेको बैंकले दमौलि शाखामा आज व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको हातबाट केक काटेर स्थापना दिवस मनाएको छ ।

कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्थानीय स्तरमा बैंकले गरेको कार्यको सरहाना गरेका थिए । आगामी दिनमा बैंक र स्थानीय सरकार बिच सहकार्य गरेर अगाडि बढ्नुपर्ने मेयर न्यौपानेले बताए ।

बैंकले आगामि दिनहरुमा स्थानिय स्तरमा सहकार्य गर्दै अगाडि बढ्ने बैंकका पुर्व सञ्चालक समितिका सदस्य श्यामप्रसाद श्रेष्ठले बताए । कार्यक्रममा दमौलि शाखाका शाखा प्रबन्धक सुदिप न्यौपाने र शाखाका सम्पूर्ण कर्मचारीहरु तथा बैंकका ग्राहकहरुको उपस्थिति रहेको थियो ।

वार्षिकोत्सबको अवसरमा बैंकले ग्रीन समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता खोल्ने ग्राहकले लकरमा ७५५ छुट पाउने,उच्च व्याजदर, मासिक व्याज भुत्तानि पाउने बैंकका सहायक महाप्रबन्धक संयुुक्त बहादुर ढाक्वाले जानकारि दिए । वार्षिकोत्सब उपलक्ष्यमा पोखराको न्युरोडस्थिति बैंकको प्रधान कार्यलयको परिसरमा रक्तदान कार्यक्रम गरेको छ ।

बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएको पुँजिलाई एकिकृत गर्नुका साथै उत्पादनशिल क्षेत्रीलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी दिए । बैंकले उधोग, व्यापार, पशुपालन, कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखि कर्जा प्रवाह गर्दै आएको नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिए ।

२०७० भदौ ०९ गते ख श्रेणीको विकास बैंकका रुपमा बागलुङमा केन्द्रीय कार्यलय बनाएर सञ्चालनमा आएको बैंकले १५ शाखाबाट सेवा दिइरहेको र हाल बैंकको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका ८ न्युरोडमा रहेको जानकारी बैंकका वित्त विभाग प्रमुख दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका

म्याग्दे गाँउपालिकाको एकिकृत घुम्ति शिविर सम्पन्न, ८ हजार सेवाग्राही लाभान्वितः अध्यक्ष श्रेष्ठ

दमौली, कार्तिक १२ म्याग्दे गाँउपालिकाले गत असोज ६ गते देखि सन्चालन गरेको एकिकृत घुम्ति शिविर

देवघाटमा भोली देवपुर सांस्कृतिक महोत्सव हुने, महोत्सवबारे जानकारी दिन पत्रकार सम्मेलन

देवघाट, कार्तिक १३ देवघाट गाउँपालिका–५ देवपुरमा आगामी कार्तिक १४ गते बुधबार आठौं देवपुर सांस्कृतिक महोत्सव