नौ घन्टापछि सुचारु भयो पृथ्वीराजमार्ग

Devghat Online

शेयर गरौ

दमौली, भदौ १०

गत शुक्रबार पृथ्वीरामाजमार्गको आबुँखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङदी नदीमा खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नकोलागि सोमबार पृथ्वीराजमार्ग करिब नौ घन्टा अबरुद्ध भयो ।

भारतीय पर्यटक बोकेर पोखराबाट काठमाडौं तर्फ जाँदै गरेको युपी ५३ एफटी ७६२३ नम्बरको भारतीय बस शुक्रबार दिउँसो ११.२० बजे मस्र्याङदी नदीमा खसेको थियो । सोही बस निकाल्न सोमबार विहान ६ बजेबाट पृथ्वीरामार्गको आबुँखैरेनी–मुग्लिन खन्ड बन्द गरिएको थियो ।

विहान ६.३० देखी १० बजेसम्मकोलागि सडक बन्द गरेर उक्त गाडी निकाल्ने सुचना स्थानीय प्रशासनले जारी गरेपनि सो समयमा गाडी निकाल्न सकिएको थिएन । उक्त गाडी दिउँसो करिब ३ बजे निकालेपछि मात्र आबुँखैरेनी–मुग्लिन खन्ड सुचारु भएको थियो ।

आबुँखैरेनीबाट मुग्लिनसम्म जाने अर्काे बैकल्पिक सडक नभएपछि मुग्लिन र आबुँखैरेनीमा सयौं सवारी साधन दिनभर जाममा परेका थिए । सो क्रममा विरामी तथा जेष्ठ नागरिकहरुलाई समस्या भएको थियो ।

उक्त दुर्घटनामा २७ जना भारतीय नागरिकको मृत्यु भएको थियो भने १६ जना घाईते र १ जना बेपत्ता भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र