म्याग्दे र घिरिङ गाउँपालिकाद्वारा तीज गीत प्रतियोगिताको आयोजना

Devghat Online

शेयर गरौ

दमौली, भदौ १०

म्याग्दे र घिरिङ गाउँपालिकाको आयोजनामा नेपाली नारीहरुको महानवर्प हरितालिका तीजको अवसरमा तीज गीत प्रतियोगिता हुने भएको छ ।

म्याग्दे गाउँपालिकाले यही भदौ १२ गते विहान ११ बजेदेखी गाउँपालिकाको सभाहलमा ‘म्याग्देको उद्देश्य बालमैत्री घोषणा’ विषयमा म्याग्दे गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिता आयोजना गरेको छ ।

उक्त प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १८ हजार, १५ हजार, १२ हजार र ७ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

यसैगरि घिरिङ गाउँपालिकाले पनि हरितालिका तीजको अवसरमा भदौ १६ गते गाउँपालिकाको प्राङ्गणमा गाउँपालिका स्तरीय तीज गीत प्रतियोगिताको आयोजना गरेको छ । घिरिङले ‘सिप सिकौं, आत्मनिर्भर बनौं’ शिर्षकमा तीज गीत प्रतियोगिता आयोजना गरेको गाउँपालिकाले जनाएको छ ।

उक्त प्रतियोगितामा प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः १५ हजार, १२ हजार, १० हजार र ७ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिने गाउँपालिकाले जनाएको छ । साथै सहभागीहरुलाई दुरीको आधारमा यातयात भाडा समेत उपलब्ध गराउने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

नेपाल संस्कृत विश्व विद्यालयको कार्यकारी परिषदमा सुवेदी र प्राज्ञिक सभामा सच्चिदानन्द सरस्वती

देवघाट । बैशाख २ नेपाल संस्कृत विश्व विद्यालयले विश्वविद्यालयको कार्यकारी परिषद् सदस्यमा प्रा.डा.गुरुप्रसाद सुवेदलाई र