देवघाटमा महिला फुटवल प्रतियोगिता सुरु

Devghat Online

शेयर गरौ

देवघाट, भदौ ११

देवघाट गाउँपालिकामा महिला फुटवल प्रतियोगिता सुरु भएको छ । देवघाट युवा जागरण समाजद्वारा तनहुँ जिल्लामै पहिलो पटक सोमबारबाट महिलाको मात्र फुटवल प्रतियोगिता आयोजना गरिएको हो ।

देवघाट युवा जागरण समाजको आयोजना तथा देवघाट खेलकुँद विकास समिति र तनहुँ जिल्ला फुटवल संघको संरक्षकत्वमा ‘स्वास्थ्यकोलागि खेलकुँद राष्ट्रको लागि खेलकुँद, लैङ्गिक समानताको लागि खेलकुँद’ भन्ने मुल नाराका साथ देवघाट गाउँपालिका–५ स्थित फुटवल मैदानमा आयोजना गरिएको उक्त प्रतियोगिताको देवघाट गाउँपालिकाका उपाध्यक्ष भुवनसिंह गुरुङले उद्घाटन गरे । सो अवसरमा बोल्दै गाउँपालिकाका उपाध्यक्ष गुरुङले कुनै पनि खेलकुँदमा महिला र पुरुष दुबै सक्षम हुन्छन् भन्ने धारणाको विकास गराउन महिला फुटवल प्रतियोगिता आयोजना गरिएको बताए ।

देवघाट युवा जागरण समाजका अध्यक्ष अन्जन सुनारको अध्यक्षतमा आयोजित प्रतियोगिताको उद्घाटन कार्यक्रममा देवघाट महिला सन्जालकी अध्यक्ष राधादेवी खनाल, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्य बुद्धिवहादुर पाण्डे, राष्ट्रिय स्वतन्त्र पार्टी देवघाटका संयोजक गोविन्दप्रसाद न्यौपाने, मधुवन सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष डिलिराम गिरी, कालीका वन उपभोक्ता समुहका अध्यक्ष कृष्णराज न्यौपाने लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा देवघाट महिला सन्जालकी उपाध्यक्ष माया शर्मा, सन्जालकी सचिव एलिजा क्षेत्री तथा विभिन्न आमा समुह र टोल विकास संस्थाका प्रतिनिधि एवं सन्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

सोमबार सुरु भएको सेन्ट्रल कलेज रत्न प्रिय क्लव र गैंडाकोट फुटबल क्लव विचको पहिलो खेलमा सेन्ट्रल कलेज रत्न प्रिय क्लव बिजयी भएको थियो । उक्त खेलमा म्यान अफ द म्याच सेन्ट्रल कलेजकी अनु माझी भएकी थिइन् । उक्त कार्यक्रमको सन्चालन विकास ढकालले र कमेन्ट्री प्रशन्न ढकालले गरेका थिए ।

नेपाली महिलाहरुको महान पर्व हरितालिका तिजको अवसरमा आयोजित उक्त प्रतियोगिता भदौ १९ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भरतपुरको कमलादेवी मन्दिरमा शिव, पार्वतीको प्राणप्रतिष्ठा एवं पुजन महोत्सव हुने

चितवन, फागुन ३ भरतपुर मनपा–११ स्थित कमलादेवी मन्दिर प्राकृतिक आरोग्य केन्द्रमा यही फागुन ५ गतेदेखी

उपप्रधानमन्त्री पौडेल र नगर प्रमुख आचार्यलाई उच्च निगरानीमा उपचार गर्नुपर्छः कीर्तिपुर अस्पताल

काठमाडौं, फागुन ३ कीर्तिपुर अस्पतालले उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र पोखरा नगरका प्रमुख धनराज

सरकारले ल्याएको अध्यादेश पारित हुन्छः सञ्चारमन्त्री

काठमाडौं, फागुन ३ सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकारले ल्याएका अध्यादेशहरू पारित हुने

मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित अझै भेटिएनन्

चितवन, फागुन ३ शुक्रबार नारायणगढ–मुग्लिङ सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा त्रिशूलीमा बेपत्ता भएका रोहित राना अहिलेसम्म