म्याग्दे गाउँपालिकामा वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना

Devghat Online

शेयर गरौ

दमौली, भदौ १४

म्याग्दे गाउँपालिकाले वडा स्तरमा मेलमिलाप केन्द्र स्थापना गरेको छ । वडामा हुने देवानी प्रकृतीका विवाद, झैझगडा, मनमुटाव तथा असमझदारीहरुलाई वडा स्तरमै मेलमिलाप गराउने उद्देश्यले सो मेलमिलाप केन्द्र स्थापना गरिएको गाउँपालिकाले जनाएको छ ।

वडा नम्बर ४ मा स्थापना गरिएको मेलमिलाप केन्द्रको शुक्रबार गाउँपालिकाका अधयक्ष श्रीप्रसाद श्रेष्ठले बताए । सो अवसरमा बोल्दै अध्यक्ष श्रेष्ठले सकेसम्म कसैसँग पनि विवाद आउन नदिने र विवाद भईहालेमा वडा स्तरको मेलमिलाप केन्द्र मार्फत मिलापत्र गर्न सुझाव दिए ।
स्थानीय स्तरमा उत्पन्न हुने विभिन्न किसिमका झैझगडा, आपसी असमझदारी तथा अन्य विवादहरूलाई वडास्तरमै समस्याको समाधान गर्नको निम्ति वडास्तरीय मेलमिलाप केन्द्र स्थापना गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले मेलमिलाप केन्द्रको माध्यमबाट विवाद समाधान गर्नुपर्ने बताए । उक्त कार्यक्रमको अध्यक्षता वडा नम्बर ४ का वडा अध्यक्ष दिपक श्रेष्ठले गरेका थिए । कार्यक्रमको सन्चालन गाउँपालिकाका प्रशासन शाखाका प्रमुख इन्द्र खनालले गरेका थिए ।

म्याग्दे गाउँपालिकाले सबै वडामा मेलमिलाप केन्द्र स्थापनाको गर्ने उद्देश्यले वडा स्तरबाट छानिएका मेलमिलापकर्ताहरुलाई २०८१ बैशाख २६ देखी जेठ २ गतेसम्म ४८ घन्टे मेलमिलाप सम्बन्धी तालिम दिएको थियो । सोही तालिमबाट सुचिकृत भएका मेलमिलापकर्ताहरुले सम्बन्धित वडाको मेलमिलाप केन्द्र मार्फत विवाद समाधानकोलागि मेलमिलाप गराउने गाउँपालिकाले जनाएको छ ।

यस अघि वडा नम्बर १ मा भदौ १२ गते, वडा नम्बर २ मा भदौ ११ गते, वडा नम्बर ३ मा भदौ १३ गते मेलमिलाप केन्द्र स्थापना भईसकेको र बाँकी रहेका वडा मध्ये वडा नम्बर ५ मा भदौ १६ गते, वडा नम्बर ६ मा भदौ १७ र वडा नम्बर ७ मा भदौ १८ गते मेलमिलाप केन्द्र स्थापना गरिने गाउँपालिकाका सुचना प्रविधि अधिकृत आकाश गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कैदीबन्दीको स्वास्थ्य उपचारकालागि तनहुँ कारागार र प्रदेश अस्पतालबीच सम्झौता

तनहुँ । साउन २२ जिल्ला कारागार कार्यालय तनहुँमा रहेका कैदीबन्दीहरूलाई सहज स्वास्थ्य उपचार सेवा उपलब्ध

विश्व आदिवासी जनजाति दिबस (अगस्त ९) को औचित्य र यसको सान्दर्भिकता किन ?

सिद्धान्त गर्जामगर नेपाली समाज भित्रको बीविधता, सामाजिक संरचना भित्रको भाषिक विभेद, पहिचानको आवश्यकता, राज्यको हरेक

पहिरोले डुम्रेको नयाँ चार्जिङ स्टेसन क्षतिग्रस्त, करोडौँको नोक्सानी

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिका–४ ठूलोढुङ्गास्थित हालै सञ्चालनमा आएको ‘चार्ज एन्ड डाइन स्टेसन’ अविरल