देवघाट । भदौ १४
सत्रौं पुस्तकालय दिवस शनिबार देवघाटमा मनाईने भएको छ । पुस्तकालय दिवसको अवसरमा देवघाट सार्वजानिक पुस्तकालयको २० औं साधारणसभा तथा सातौं अधिवेशन पनि हुने भएको छ ।
पुस्तकालय दिवसको अवसर पारेर देवघाट सार्वजनिक पुस्तकालयको साधारणसभा तथा अधिवेशन आयोजना गरिने देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।
देवघाट–५ मा रहेको सो पुस्तकालयको सुविधासम्पन्न भवन निर्माण भईरहेको छ । कुल २ करोड ५० लाख लागत अनुमानमा भईरहेको पुस्तकालयको भवन निर्माण आर्थिक अभावमा हाल रोकिएको छ ।