देवघाटमा मनाईयो पुस्तकालय दिवस

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १५

सत्रौ पुस्तकालय दिवस एवं देवघाट सामुदायिक सिकाइ केन्द्रको ११ औं साधारण सभा तथा देवघाट सार्वजनिक पुस्तकालयको सातौं अधिवेशन तथा २० औ साधारण सभा शनिबार देवघाट सार्वजानिक पुस्तकालयको सभाकक्षमा सम्पन्न भयो ।

‘निरन्तर शािक्षाको लागि पुस्तकालय’ भन्ने नाराका साथ आयोजना गरिएको सो कार्यक्रमको अध्यक्षता देवघाट सामुदायिक सिकाइ केन्द्रका अध्यक्ष जयकृष्ण सुवेदीले गरेका थिए ।

उक्त कार्यक्रममा प्रमुख अतिथि वागेश्वरी पुस्तकालय तथा अनुसन्धान केन्द्रका प्रमुख डि.आर पोख्रेल, विशिष्ट अतिथि पुस्तकालयका सस्थापक अध्यक्ष प्रा.डा.गुरुप्रसाद सुवेदी, देवघाट गाउँपालिकाका शिक्षा शाखाका प्रमुख होमनाथ लामिछाने, संस्थापक उपाध्यक्ष पद्मपणि लामिछाने, सस्थापक कोषाध्यक्ष हरि नारायण सापकोटा, देवघाट गाउँपालिका वडा नम्बर ५ का वडा सदस्यहरु कमला गुरुङ, सरस्वती परियार, बुद्धि वहादुर पाण्डे, पुस्तकालयका सदस्य गुरुप्रसाद न्यौपाने, आजिवन सदस्य गुरुप्रसाद न्यौपाने, नेपाल रेडक्रस सोसाईटी देवघाट शाखाका सभापती गोविन्द प्रसाद न्यौपाने, पुस्तकालयका पुर्व उपाध्यक्ष श्रीधर घिमिरे, कालिका सामुदायिक वनका अध्यक्ष कृष्णराज न्यौपाने, कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष डा. सुरेन्द्रप्रसाद श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले शिक्षा नै एउटा यस्तो चिज हो जुन चिजले समाज रुपान्तरण गर्ने सहयोग गर्ने र शिक्षा विना समाजमा रहेका विक्रिती विसङ्गतीलाइ हटाउन नसकिने बताए ।

उनले देवघाटमा निर्माणाधिन देवघाट पुस्ताकालयले आजकै मितिमा नयाँ भवनमा सर्ने प्रतिवद्धता गरेपनि स्थानीय सरकारको तर्फबाट बजेट उपलब्ध नभएको कारण पुस्तकालयको भवन निर्माण गर्न नसकिएको बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले