देवघाट, भदौ १५
देवघाट सार्वजानिक पुस्तकालयको अध्यक्षमा पुनः शिवराज पौडेल चयन भएका छन् । सत्रौं पुस्तकालय दिवसको अवसरमा शनिबार आयोजित पुस्तकालयको सातौं अधिवेशन तथा २० औं साधारणसभाबाट पुनः पौडेलको अध्यक्षतामा ९ सदस्यिय नयाँ कार्य समिति चयन गरिएको हो ।



पुस्तकालय सन्चालक समितिको उपाध्यक्षमा रश्मी सोती, सचिवमा फणीन्द्रप्रसाद पौडेल, कोषाध्यक्षमा महेन्द्रराज प्याकुरेल चयन भएका छन् । यसैगरि सदस्यहरुमा अर्जुन पाण्डेय, रामचन्द्र सुवेदी, नमुना घिमिरे, सुकुलाल गुरुङ र माधव उपाध्याय सर्वसम्मत रुपमा चयन भएका छन् ।