पुस्तकालय दिवसको अवसरमा दमौलीमा परिचर्चा र साहित्य वाचन

Devghat Online

शेयर गरौ

दमौली, भदौ १५

सत्रौं पुस्तकालय दिवसको अवसरमा शनिबार दमौलीमा विभिन्न कार्यक्रम आयोजना गरियो ।

दमौलीमा एकदेव आले स्मृति तथा चिन्तन प्रतिष्ठान नेपालको आयोजनामा र गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँको सह–आयोजनामा सत्रौ राष्ट्रिय पुस्तकालय दिवस तथा मोती जयन्तीको अवसरमा पुस्तकालयको महत्वको चर्चा– परिचर्चा साथै साहित्य वाचन एवम् सम्मान कार्यक्रम प्रतिष्ठानको पुस्तकालय कक्षमा सम्पन्न भयो ।

प्रतिष्ठानका अध्यक्ष बिष्णुभक्त सिग्देलको अध्यक्षतामा प्रगतिशील लेखक सँघका अध्यक्ष एवम् प्राज्ञ परिषद सदस्य प्रा.डा.मधुसुधन गिरीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रममा प्रतिष्ठानका संरक्षक प्रतापलाल श्रेष्ठ, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य राजेन्द्रकेसरी न्यौपाने, नेकपा एमाले तनहुँका अध्यक्ष हरिराज कणेल, नेपाली कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनाल, नेकपा मशालका केन्द्रीय प्रतिनिधि पुष्पलाल श्रेष्ठ, प्रतिष्ठानका सल्लाहकार संयोजक श्रीराम कार्की, निवर्तमान अध्यक्ष रामचन्द्र सापकोटाले शुभकामना मन्तव्य राखेका थिए ।

सो कार्यक्रममा विभिन्न बिधाका साहित्य वाचन गरिएको थियो । कार्यक्रममा ठाडोभाकाका बिष्णुभक्त अधिकारी, साहित्य प्रेमीहरु दिवाकर भट्टराई, शान्ता वास्तोला, कल्पना घिमिरे, संगम सापकोटा, शोभा सिँ ठकुरी, सजिन्ता पौडेल, गोपाल सुर्खाली, शिव सदाशंकर, कल्पना पौडेल लगाएतले आ–आफ्नो साहित्य प्रस्तुति राखेका थिए । कार्यक्रममा पुस्तकालयमा आई नियमित अध्ययन गर्नु हुने मध्येवाट सक्रिय सहभागी व्यास २ दमौली निवासी बिष्णु प्रसाद वाग्लेलाई सम्मान गरिएको थियोे ।

उक्त कार्यक्रमको सन्चालन गीतल प्रतिष्ठानका सचिव माधव अधिकारीले, स्वागत प्रतिष्ठानका महासचिव सिर्जना सिग्देल र धन्यवाद मन्तव्य गीतल प्रतिष्ठानका अध्यक्ष आकास अधिकारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

चैतेधान खेतीको साँसद महतसहितको टोलीद्वारा अनुगमन तथा कृषि सामाग्री हस्तान्तरण

तनहुँ । बैशाख १९ चैते धान उत्पादन प्रबद्र्धन कार्यक्रम अन्र्तगत मंङगलबार यहाँका दुई पालिकामा गरिएको

पत्रकार महासङ्घ तनहुँद्वारा जिससमार्फत् स्थानीय तहलाई ज्ञापनपत्र

तनहुँ । बैशाख १५ सरकारी विज्ञापन वितरणसम्बन्धी हालैको निर्णयविरुद्ध नेपाल पत्रकार महासङ्घ तनहुँले जिल्ला समन्वय