एमाले घिरिङद्वारा दुर्घटनामा परेका श्रेष्ठलाई आर्थिक सहयोग

Devghat Online

शेयर गरौ

अन्जान परियार । घिरिङ, भदौ १६

दु;र्घटनामा परि घाइते भएका ताराबहादुर श्रेष्ठ सन्जु लाई नेकपा एमाले घिरिङ गाउँ कमिटीले उपचारको लागि आर्थिक सहयोग गरेको छ । राष्ट्रिय युवा संघ घिरिङ गाउँ कमिटिका उपाध्यक्ष श्रेष्ठ खोलामा चिफ्लिएर लड्दा घाँटिमा गहिरो चोट लागेको छ । उनलाई गण्डकी मेडिकल कलेज जिएमसि हस्पिटल पोखरामा भर्ना गरि आइसियु वार्डमा उपचार गरिएको थियो । उनको हाल पोखरा स्थित हरियोखर्क हस्पिटलमा थेरापी गर्दै राखिएको उनका बुबाले जानकारी दिए ।

घिरिङ गाउँपालिका वडा नम्बर १ कटहरे निवासी श्रेष्ठको उपचारमा आर्थिक समस्या बढ्दै गएपछि नेकपा एमाले घिरिङ गाउँ कमिटीले आर्थिक संकलन अभियान चलाएको थियो । गाउँ कमिटीले अध्यक्ष सुमन कुमार श्रेष्ठको नेत्तृत्वमा आर्थिक संकलन अभियान चलाएको थियो । करिब २० दिन देखि हस्पिटलमा उपचाररत श्रेष्ठ लाई हस्पिटलमा भेटी शुक्रबार श्रेष्ठका वुवालाई भेटी एमाले घिरिङ गाउँ कमिटिका अध्यक्ष श्रेष्ठले ६१ हजार १ सय पन्ध्र रुपैँया हस्तान्तरण गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा एमाले गण्डकी प्रदेश कमिटी सचिवालय सदस्य तथा घिरिङ गाउँपालिका अध्यक्ष होम बहादुर थापाको पनि सहभागिता रहेको थियो । गाउँकमिटी अध्यक्ष श्रेष्ठले करिब ७० जना बाट संकलन भएको रकम हस्तान्तरण गर्दै बिरामि लाई शिघ्र स्वास्थ्य लाभको कामना गरि सहयोगी सबैलाई धन्यवाद ब्यक्त गरे साथै सहयोग गर्न इच्छा हुने जो कोहि छुटेको भए सहयोग गर्न समेत अपिल गरे ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

म्याग्दे गाउँपालिकाको सार्वजानिक सुनुवाई सम्पन्न, म्याग्दे गाउँपालिकालाई समृद्ध र समुन्नत बनाउने गरि काम भईरहेको छः अध्यक्ष श्रेष्ठ

तनहुँ । चैत ११ म्याग्दे गाउँपालिका तनहुँको आयोजनामा चालु आ.व. २०८१÷०८२ को दोश्रो चौमासिकको सार्वजनिक