जीप दुर्घटनामा ७ यात्रु घाइते

Devghat Online

शेयर गरौ

दमौली, भदौ १६

ऋषिङ गाउँपालिका–४ भीरकोटबाट सदरमुकाम दमौली आउँदै गरेको जीप आइतबार दुर्घटना भएको छ । दुर्घटनामा परि ७ यात्रु घाइते भएका छन् । बा १३ च २४५६ नम्बरको जीप ऋषिङ–१ झापुटार नजिक दर्घटना भएको हो ।

घाइतेहरुको दमौली अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ । दुर्घटनामा परि ऋषिङ १ काहुँशिवपुर निवासी ३३ बर्षका पदमबहादुर राना, माधव अच्छामी, जानुमाया थापा, रेजिना थापा, जुनिसरा थापा, बालकुमारी थापा र सरीता थापा घाइते भएका छन् । घाइते सबै खतरामुक्त रहेको बताइएको छ । जीपको ब्रेक फेल हुँदा नालामा गएर ठोकिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

हजुरआमालाई पछ्याउँदै जंगल गएका गैडाकोटका दुई वर्षे बालक हराएको तीन दिनपछि जंगलबाट सकुशल उद्धार

नवलपुर । भदौ ४ पूर्वी नवलपरासीमा मंगलबारदेखि हराएका बालक तीन दिनपछि सकुशल फेला परेका छन्