देवघाट, भदौ १६
नेकपा एमाले देवघाटका नेता केशवचन्द्र न्यौपानेले पछिल्लो समय तीजको नाममा भएको बिकृती प्रति सामाजिक सन्जाल मार्फत व्यङग्य गरेका छन् । न्यौपानेले आइतबार सामाजिक सन्जाल फेसबुकमा लामो लेख लेख्दै तीजको भड्किलो संस्कृती प्रति व्यङग्य गरेका हुन् ।
न्यौपाने लेख्छन्–‘क्या गजब, क्या मिठो, क्या रमाइलो भेटघाट, अनि नाचगान पाटी प्यालेस बाइक र्याली गुटुटु गुटुटु माहोल जमाउनै पर्यो, रमाउनै पर्यो । जिताउन नै पर्यो अनि दिर्घायु चिताउन नै पर्यो कसै कसैलाई । हाल सालैका बर्षहरुमा यो हाम्रो समाजमा आधुनिक हौं, लेखा पढी गरेका हौं, हाम्रो काँधमा समाज रुपान्तरण गर्ने जिम्मेवारी छ, आधा आकाश ढाक्ने हौं भन्ने हरुको ठुलो जमात निस्किसकेको छ । हुन पनि हो आधा आकाश ढाकेकै छ । युवा शक्ति हौ हामिलाई के भन्नू नै प¥यो । यो ३०।४० प्रतिशत युवाहरुले यसो भन्ने गरेका देशै भरीमा देखियो । चुनावमा जति खर्च लागेपनि चुनावमा उठेका नेताले खर्च गर्न पर्छ, भन्दै खर्चको लेखा जोखा नराखी माहोल बनाउने भन्दै अनावश्यक खर्च गराउने गरेको पाइएको छ । जति लागेपनी उमेदवारले जुटाउन पर्ने बाध्यात्मक अवस्था र जोडका तोड खर्च जुटाउने गरेको पाइएको छ । त्यस्तै केही महिला दिदि बहिनी हालको सन्दर्भमा २०–२५ प्रतिशत जतिले तिज मान्ने हामी महिलाहरुको महान चाड हो । यो चाडमा महिला दिदी बहिनीहरुले चाहेको मन लागेको खान लाउन गाउन मनमा लागेको सबै गर्न पाउनु पर्छ भन्ने सोचका साथ यसलाई विकास गर्दै लगेको देखिन्छ ।’
‘यति ठुलो अधिकार बोकेको चाड हो हरितालिका तिज भन्ने कुराको भ्रमित सोचको विकास हुँदै गएपछि उहाँहरु लहैलहैमा देखावटी सभ्य दृश्य बिनाका गतिबिधिमा आकर्षण बढ्न जाने होकि भनी अधिकांश महिला दिदी बहिनी साथै दाजुभाइहरु समेत चिन्तित हुनुभएको छ । जो चिन्ता समाज परिबेश अनि चाड को मर्म नबुझ्ने केही जमात तीजलाई बिकृती र बिसङ्गतीयुक्त पाराले आफ्नो श्रीमान, नजिकको, आफ्नो प्रेमी, प्रेमिका, साथीसँग खर्च जुटाउने गरेका छन् । यो भनी राख्दा तपाईले मलाई अलि छुचो चलनचल्तिको बिरोधी गर्ने, हामीले तीज मनाउन नपाउने भन्नु होला । हामी युवा चुनावमा हिड्दा नखाएको कहिले खाने कहिले बाइकमा तेल हाल्ने यहि त हो मौका भन्ने ले भन्नू होला । साथै अर्को वर्ग महिला दिदी बहिनिहरु फेरि के हामी सँग पैसा छैन र श्रीमान सँग अरु सँग माग्नु पर्ने पैसा त हुन्छ भोज भतेर अनि पाटिप्यालेसमा खान त । ऋण या किस्ता तिर्न दिन दुखी लाई सहयोग गर्न न त नहुने गरेको हुन्छ भन्ने सुनेको थिए यदा कदा । यसो भनी राख्दा के भन्न खोजे होला भन्ने लागेको नै होला चुनावको भोजभतेर गुटुटु गुटु बाइक ¥यालीको बारे अहिले केही न बोलँु बेमौसमी बाजा नै हुन सक्छ । अहिलेको सन्दर्भ जोडौं नेपाली नारीहरुको महान पर्व हरितालिका तीज, जसले आफ्नो मौलिकता बोकेर आइरहेको छ ।’
‘कुनै कालखण्डमा हिमालय पुत्री पार्वतिको विवाह विष्णु भगवान सँग उनका पिता हिमालय पर्वतले गरिदिन खोजेपछी यो चाल पाएर पार्वती भागेर गई शिवजी नै पति पाउनुपर्छ भनी ब्रत बसेकी थिइन् । उक्त समय दिन भाद्र शुक्ल पक्षको तृतीया तिथि परेको थियो । कालन्तरमा यसै समय देखि हरेक हिन्दु नारीहरुले आफ्नो पतिको दिर्घायु साथै आफुले चाहेको सुयोग्य वर पाउने कामना सहित ब्रत बस्ने र भोलि पल्ट तृतीया दिन शिव पार्वतिको पुजा गरेर आफ्नो कामना पूरा हुने बिश्वासका साथ मनाउदै आएको पाइन्छ । साथसाथै हिजोको परिबेसमा हाम्रो गाउँ ठाउँ बिकटता बर्खा झरी खेतीपाती का कारण माइती मावली सँग बर्ष दिन सम्म भेटघाट नहुने घर धन्दा सबैले गर्दा फुर्सद नभई कति त घर परिवारको थिचोमिचो सबै सहेर बसिरहेकी चेलिलाइ यहि पर्व पारेर लगिने चलन सुरु भएको पाइन्छ । चेली पनि आफ्नो बा–आमा दाइभाइ मामा माइजुसँग रमाउदै माइत जाने गर्ने गरिएको हो । त्यसै अवसर पारेर माइत मामला जम्मा भएका चेलिले आफुले भोगेको र समाज भएका गरेका सत्य तत्य घटनालाइ गितको लय मार्फत ब्यक्त गर्ने गाउँ समाजका अगुवा पुरुष लाई सुनाउने र दिदीबहिनी बिच दुःख साटासाट गर्ने अनि ब्रत बस्ने अघिल्लो दिन शाकाहारी मिठो मसिनो पोषिलो दर लट्टे खिर, ढकने पकाएर खाने खुवाउने घरमा भए घरकै घरमा नभएकाले छर–छिमेकी सँग ऐचो पैचो ल्याइ बनाइ तुल्याइ खाने खुवाउने चलन चल्दैआएको हो । माछा मदिरा बर्जित थियो । हाम्रो धर्म संस्कारमा व्रत बस्ने अघिल्लो दिन बिटुलो चिज खान हुदैन भनेर (माछा मासु मदिरा खान त परै जावोस नाम समेत लिन हुदैन भन्ने मान्यता रहेको थियो) भोलि पल्ट ब्रत बस्नु पर्ने हुदा बर्जित थियो । अनि ब्रतको दिन भरी नदि तिर्थ कुवा धारामा गइ नुवाइधुवाइ गर्ने आफ्नै मौलिक गित गाउने गितका मार्फत घर परिवार समाज सुधारका सन्देश दिने गरिएको पाइन्छ । पछिल्लो समयमा आएर मैले माथि नै उल्लेख गरिसकेको छु हामी आधुनिक हौ लेखापढी गरेका हौ भन्ने नाममा एक महिना अघि देखि पाटी प्यालेस रिसोर्ट होटलमा जाने महँगो महँगो गहना लगाउने दिनमा तीन वटा साडी फेर्ने अनि बियर चियर्स गर्ने पश्चिमा शैलिका नाच प्रर्दशन गर्ने अनि तपाई हुने खाने यो गर्दै हुनुहुन्छ भने तपाई कि घर नजिक रहेकी नाबालक दुई छोरा छोरी रहेकी एकल महिला साहिली दिदि, दुई छोरा छोरीकी आमा जस्ले आफ्नो दसगंग्रा खियाएर ती बच्चालाई पढाउन पर्ने, खुवाउन पर्ने । दिदीहरुको आत्माले के बोली रहेको होला तपाईहरुले बिचार गर्नु भएको छ ?’
‘बिचार गर्नु होला हामी चाडवाड धर्म परम्पराको नामको अप्रत्याशित बिभेदयुक्त कार्यले हामी हाम्रो समाज हाम्रो देश र हामिलाई सभ्य नागरिक भनेर चिनाउँला वा कता डोराएर पु¥याउला भड्किलो शैलीको कार्यमा सबै महिला दिदीबहिनी लागि सक्नु भएको छैन लेखापढा गरेका जागिरमा हुनुहुन्छ । किसान खेती पातीमा ब्यस्त हुनुभएको छ । बिशेष शहर बजारमा बस्ने कुनै रोजगारमा नलाग्नु भएका कमाएर ल्याइदिने घरमा रहेका, आफुले कमाउन नपर्ने, रमाउने मात्र सोच बोक्नु भएका, श्रीमान बिदेश गए पछि बच्चा पढाउन सहर कोठामा बस्नु भएका महिला दिदी बहिनीलाई बढी आकर्षित गरेको देखिएको छ । यो प्रबृत्तिलाई तपाई हामी हाम्रो घर आगनबाट सुधार गर्दै हाम्रो मौलिक पर्वलाई पर्व जस्तै गरौं । आमा समुह दिदी बहिनी जुटेर आफ्नै टोल आँगनमा सकिन्छ आ–आफ्नै उत्पादन लगेर दर खाउँ, रमाइलो गरौं । आफ्नो उत्पादन नभए स्वास्थ लाई हितकर चिजबिज किनौ ल्याउँ, आफै दिदी बैनी दाजु भाइ मिलेर बनाउ खाउँ, यसरी तिज मनाउँ । नारी पृथ्वी हुन् । नारीले नै सत्मार्गि भुमिका निभाउन जरुरत छ । यदि नारीले नै सत्मार्ग भुल्नु भयो भने पृथ्वी भासिए जस्तै हुने छ । हिजो एक ठाउँका नारी हरुले तीजको दर खाने पैसा एउटा विद्यालयलाई सहयोग गर्नु भएको समचार हेरेको थिए उहाँहरुलाई नमन गर्दै राम्रो कामको सिको गरुँ नराम्रो कार्यलाई निरुत्साहित गर्दै जाउँ । तीजको उपलक्ष्यमा सबै दिदी बहिनीहरुलाई शुभकामना छ ।