देवघाटमा बाँदरले टोकेका व्यक्तिलाई लगाउने रेबिज खोप छैन

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

नवलपुरको गैंडाकोट नगरपालिका–३ हर्दीका ४७ बर्षिय लोक बहादुर जर्घा मगरलाई गत भदौ १३ गते विहिबार देवघाट गाउँपालिका–५ गलेश्वर आश्रम नजिकै बाँदरले टोकेर घाईते बनायो । कामबाट घर फर्कदै गरेका मगरलाई साँझ बाँदरले टोकेर घाइते बनाएको थियो । उनी तत्कालै रेबिजको खोप लगाउन देवघाट–५ मा रहेको गाउँपालिकाद्वारा सन्चालित देवघाट धर्मार्थ अस्पपतालमा जानुभयो । तर त्यहाँका स्वास्थ्यकर्मीले रेबिजको खोप छैन भनि चितवनको भरतपुर अस्पतालमा रेफर गरे ।

देवघाटमा बाँदरले टोकेर घाइते हुनेमा लोकवहादुर पहिलो व्यक्ति हैनन्, यहाँ बाँदरको टोकाईबाट सर्वसाधरण घाइते भईरहेका हुन्छन् । महिनामा १० भन्दा बढि सर्वसाधरण बाँदरले टोकेको भन्दै देवघाट धर्मार्थ अस्पताल आउने उक्त अस्पतालका स्वास्थ्यकर्मीहरुले बताएका छन् ।

देवघाट गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदिप बुढाथोकीले देवघाटमा रेबिज खोप लगाउने दक्ष स्वास्थ्यकर्मी नभएको बताए । तालिमप्राप्त स्वास्थ्यकर्मीले मात्र रेबिजको खोप लगाउने हुँदा देवघाटमा तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको बुढाथोकीले बताए । केही स्वास्थ्यकर्मीलाई रेबिज खोप सम्बन्धी तालिम दिनको गन्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयमा सिफारिस गरेपनि त्यहाँबाट खबर नआएको बुढाथोकीले बताए ।
बुढाथोकीका अनुसार देवघाटमा बाँदरले टोकेको भन्दै महिनामा कम्तीमा १० जना जति सर्वसाधरण आउने गरेका छन् । उनीहरु सबैलाई चितवनको भरतपुर अस्पतालमा रेफर गर्न बाध्य भएको बुढाथोकीले बताए ।

देवघाटधाम क्षेत्रमा हाल करीब तिन हजारको संख्या बाँदर रहेको देवघाट गाउँपालिका–५ का पुर्व अध्यक्ष यालबहादुर गुरुङले बतए । बाँदर आतंकले देवघाटबासीहरु आजित भएका छन् । बाँदरको आतंकबाट देवघाट घुम्न आएका सर्वसाधरण विशेषगरि महिला र बालबालिका बढि पीडित बनेका छन् । त्यस्तै कल्पक्षेत्रमा बसोबास गर्ने जेष्ठनागरिकहरु बाँदरको आतंकबाट दैनिक पीडित भईरहेका छन् । कोठाभित्र पसेर पकाउँदै गरेर खानेकुरा लिएर भाग्ने, फलफुल खोस्ने तथा प्रतिकार गरेमा टोक्ने जस्ता घटनाले बाँदरबाट देवघाटबासीहरु पीडित भईरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आदिकवि भानुभक्त क्याम्पसको प्रशासकीय भवन निर्माणको लागि सम्झौता

दमौली, कार्तिक १३ व्यास नपा–१ स्थित आदिकवि भानुभक्त क्याम्पसमा निर्माण हुने प्रशासकीय भवन निर्माणका लागि

बन्दिपुरमा सयपत्री फूलको व्यवसायी खेती, बजार व्यवस्थापनको मुख्य समस्या

दमौली, कार्तिक १३ बन्दिपुर गाउँपालिका–५ का थुम्काका कृषक तामप्रसाद भट्टले सयपत्री फूलको व्यवसायीक खेती गरेका