समाजसेवी अर्यालद्वारा देवघाट सार्वजानिक पुस्तकालयलाई एक लाख सहयोग

Devghat Online

शेयर गरौ

देवघाट, भदौ १७

काठमाडौं निवासी समाजसेवी तथा शिक्षा सेवी इनु अर्यालले देवघाटमा निर्माणाधिन देवघाट सार्वजानिक पुस्तकालयलाई एक लाख रुपैयाँ सहयोग गरेकी छिन् । महिलाहरूको स्वास्थ्य र शिक्षामा विशेष जोड दिने समाजसेवी, शिक्षाप्रेमी अर्यालले निर्माणाधीन देवघाट सार्वजनिक पुस्तकालयका निम्ति सोमबार एक लाख रुपैयाँ उपलब्ध गराउनु भएको देवघाट सार्वजानिक पुस्तकालयका अध्यक्ष शिवराज पौडेलले जानकारी दिए ।

देवघाट क्षेत्रको शैक्षिक उन्नयनका निम्ति समय समयमा विभिन्न योगदान दिदै आउनु भएकी अर्यालले पुस्तकालय निर्माणमा गर्नु भएको योगदानप्रति अध्यक्ष पौडेलले पुस्तकालयको तर्फबाट धन्यवाद दिएका छन् ।

यस अघि गत साता देवघाट गाउँपालिका वडा नम्बर ५ बटौले टोल घर भई हाल काठमाडांै बस्ने रामगोपाल सिवाकोटीले देवघाट सार्वजनिक पुस्तकालयका निम्ति ५१ हजार रुपैयाँ सहयोग गरेका थिए । पुस्तकालय निर्माणमा सहयोग गर्ने सिवाकोटीलाई पनि पुस्तकालयको तर्फबाट आभार व्यक्त गरिएको अध्यक्ष पौडेलले बताए ।

पुस्तकालय निर्माणको लागि हालसम्म विभिन्न व्यक्ति तथा संघ संस्था, देवघाट स्थित धार्मिक आश्रम, गुरुकुल तथा सामुदायिक वन एवं टोल विकास संस्थाहरुले सहयोग गर्दै आएका छन् । पुस्तकालय निर्माणको लागि हालसम्म करिब २० लाख रुपैयाँ संकलन भएको अध्यक्ष पौडेलले जानकारी दिए । अध्यक्ष पौडेलले पुस्तकालय भवन निर्माणकोलागि हालसम्म सहयोग गर्ने सबैलाई धन्यवाद दिई अन्य व्यक्ति तथा संघ सस्थालाई पनि भवन निर्माणमा सघाउन अपिल गरिएको बताए ।

उक्त भवनको विस्तृत परियोजना प्रतिवेदन अनुसार कूल लागत ३ करोड ६८ लाख रुपैयाँ रहेको अध्यक्ष पौडेलले जानकारी दिए । पौडेलका अनुसार १० हजार भन्दा बढी आर्थिक सहयोग गर्ने दाताहरुको नाम शिलालेखमा उल्लेख गरिने छ । हाल देवघाट सार्वजनिक पुस्तकालयको दैनिक कार्य नेपाल रेडक्रस सोसाइटी उपशाखा देवघाटबाट भईरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले