बन्दीपुरमा आयोजित तीज गीत प्रतियोगितामा मगर एकता समाज प्रथम

Devghat Online

शेयर गरौ

बन्दीपुर, भदौ २२

हरितालिका तीजको अवसरमा गत भदौ १५ गतेबाट बन्दीपुरमा सन्चालन भएको तीज उत्सव सप्ताहन्न अन्तर्गतको तीज गीत प्रतियोगितामा मगर एकता समाज म्याग्दे गाउँपालिका प्रथम भएको छ ।

दुई चरणमा आयोजित उक्त प्रतियोगितामा सहभागी ४५ टिमलाई पछि पार्दै मगर एकता समाज प्रथम भएको छ । प्रथम भएसँगै समाजले जिल्लाकै सर्वाधिक तीज गीत प्रतियोगिताको राशी १ लाख १ हजार रुपैयाँ नगद र प्रमाणपत्र हात पारेको छ ।

यसैगरि बाग्लुङ कालिका भजन कीर्तन सत्सङ समूह बाग्लुङ दोश्रो, भानु हरियाली प्राकृतिक कृषक समुह भानु तेश्रो तथा केराबारी आमा समूह, बन्दिपुरले सान्त्वना स्थान प्राप्त गरेका छन् । ति समुहले क्रमशः ७५ हजार, ५० हजार तथा २५ हजार रुपैयाँ र प्रमाणपत्र प्राप्त गरेका छन् ।

प्रतिश्पर्धामा कुल ४५ टिमबाट छनौट भई २१ टिमले फाइनल चरणमा प्रतिश्पर्धा गरेका थिए ।  फाईनल चरणमा भीजन एजुकेशन कावासोती, पुर्कोट युनेश्को क्लब, व्यास ज्योति धर्म जागरण समूह, नाहला आमा समूह, क्षेत्री समाज, सांस्कृतिक समिति, तनहुँ, केराबारी आमा समूह, बन्दिपुर, जनकल्याण आमा समूह, खहरे आमा समूह, एकता मगर समाज, म्याग्दे, नारी सेवा आमा समूह, ड्राइभ इन सिस्टर समूह, सिद्ध बेनी मावि व्यास १३, सशक्तीकरण महिला लघु उद्यमशील समूह, पालुङटार मगरस्तरीय महिला सन्जाल, बडहरबोट आमा समूह पोखरा–१६, दीपज्योति आमा समूह, दमौली, खड्गमाइ आमा समूह, बन्दीपुर र अकला मावि पालुङटारले प्रतिश्पर्धा गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू