काँग्रेस महासमिति सदस्य मियाद्वारा विद्यालयलाई पङ्खा प्रदान

Devghat Online

शेयर गरौ

दमौली, भदौ २२

नेपाली कांग्रेसका महासमिति सदस्य महमद जबरदिन मिया (मुन्ना) ले व्यास नगरपालिका–९ स्याकुन्थोक स्थित लक्ष्मी आधारभूत विद्यालयलाई पङ्खा प्रदान गरेका छन् । महासमिति सदस्य मियाले शनिबार विद्यालयमै पुगेर पाँच थान पङ्खा हस्तान्तरण गरेका हुन् ।

बिद्यालयमा पङ्खा नहुँदा बालबालिकाको पढाइमा समस्या हुने गरेको गुनासो आएपछि आफुले पंखा सहयोग गरेको मियाले बताए । विद्यालयमा पाँच वटा कोठामा पङ्खा नहुँदा बालबालिकालाई पढ्न समस्या भएको गुनासो समितिका सदस्यबाट आएको थियो । त्यसपछि विद्यालयलाई पंखा सहयोग हरेको हुँ । अझैपनि विद्यालयमा केही आवश्यक सामाग्रीको अभाव भएमा सहयोग गर्न आफु तयार रहेको उनले बताए । गर्मीको समयमा टिन तात्ने समस्याले बालबालिकाको पढाईमा समेत ध्यान नहुँदा विद्यालयले दाताको खोजी गरेको थियो । त्यसपछि मियाले सहयोग गरेका हुन् ।

विद्यालयमा हाल ७१ जना विद्यार्थी अध्ययनरत रहेको प्रधानाध्यापक राजेन्द्र आचार्यले बताए । विद्यालयमा अध्ययनरत ७१ मध्ये चेपाङ विद्यार्थी मात्रै २१ जना रहेका छन्, उनले भने ।

जिल्ला समन्वय समिति तनहुँका पुर्व प्रबक्ता एबम कांग्रेस जिल्ला सदस्य गल गुरुङले अति सिमान्तकृत बालबालिका पनि विद्यालयमै अध्ययन गर्दै आइरहेकोले उनिहरुलाई नियमित गराउन पङ्खाले सहयोग पुग्ने बिश्वास ब्यक्त गरे । गर्मीको समयमा पठनपाठनमा समस्या हुँदा विद्यार्थी अनुपस्थित हुन सक्छन् पङ्खा एपछि नियमित हुन सहयोग पुग्नेछ, उनले भने ।
विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष बुद्ध सिं गुरुङले सहयोग गरेकोमा धन्यवाद ब्यक्त गरे । अभिभावक संघका अध्यक्ष रघु बहादुर केसी, सदस्य बाबुराम खनाल, प्रधानाध्यापक राजेन्द्र आचार्य, शिक्षक स्थानीय लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु