दमौली, भदौ २२
हरितालिका तीजको अवसरमा न्यु भिजन युथ क्लव म्याग्दे गाउँपालिका-२ जामुनेको आयोजनामा जामुने बजारमा भएको खुल्ला तीज गीत प्रतियोगितामा गायन तर्फ पृथ्वी समाज सुधार आमा समूह रिसिङ १ प्रथम भएको छ । यसैगरि वेदकालिका आमा समूह म्याग्दे-७ द्वित्तिय, गलम्बास आमा समूह ब्यास-१ तृतीय र शिवशक्ती आमा समूह म्याग्दे-२ सान्त्वना भएको छ ।



यसैगरी नृत्य तर्फ तनहुँ नाच घर ब्यास ४ प्रथम, मनिता सुनाम म्याग्दे-३ द्वितीय र रोजिन श्रेष्ठ म्याग्दे-४ तृतीय भए । प्रतियोगितामा गीत तर्फ १६ र नृत्यु तर्फ १६ टिमको सहभागिता रहेको थियो।
गायन तर्फ प्रथम, द्वित्तिय, तृतिय र सान्त्वना हुने टिमलाई क्रमशः २० हजार २२२, १३ हजार ३३३, ७ हजार ७७७ र ३ हजार ७७७ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । यसैगरि नृत्य तर्फ प्रथम, द्वित्तिय र तृतिय हुने टिमलाई क्रमशः ६ हजार ६६६, ४ हजार ४४४ र २ हजार २२२ रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको थियो । पुरस्कृत हुने सबैलाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार र प्रमाणपत्र प्रदान गरे ।
न्यु भिजन युथ क्लवका अध्यक्ष राजिव श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रेष्ठ, उपाध्यक्ष बालकृष्ण घिमिरे, वडा नम्बर २ का अध्यक्ष शिवबहादुर क्षेत्री, वडा नम्बर ३ का अध्यक्ष टुकराज अधिकारी लगायतले मन्तव्य राखेका थिए । कार्यक्रमको सन्चालन क्लवका सचिव अमिर श्रेष्ठले गरेका थिए ।
उक्त कार्यक्रममा गायिका भुमिका गिरीले गीत प्रस्तुत गरेकी थिईन् । सो कार्यक्रममा गरिब तथा विपन्न ५ परिवारलाई जनही ५ हजारको दरले सहयोग उपलब्ध गराईएको क्लवका निवर्तमान अध्यक्ष सन्दिप रानाभाटले जानकारी दिए ।
उक्त कार्यक्रमको शुक्रबार राष्ट्रिय सभाकी सांसद भगवती न्यौपानेले उद्घाटन गरेकी थिईन् ।