गुडिरहेको ट्रकमा स्कुटी ठोकिँदा चालकको मृत्यु

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २३

चितवनमा गुडिरहेको ट्रकमा स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको छ । भरतपुर महानगरपालिका २९ चुनेखोला स्थित नारायणगढ मुग्लिन सडक खण्डमा आइतबार राति ८ः४० बजे भैंसी लिएर काठमाण्डौँ तर्फ जाँदै गरेको ना ८ ख ५१६१ नम्बरको ट्रकमा नारायणगढ तर्फ आउँदै गरेको बा.प्र.०३००२ प ६१७८ नम्बर स्कुटर ठोक्किन पुग्दा स्कुटर चालकको मृत्यु भएको हो ।

मृत्यु हुनेमा तनहुँको घाँसीकुवाका ३७ वर्षिय कृष्णबहादुर थापा रहेका छन् । गुडिरहेको ट्रकको बायाँ साईटमा ठोक्किदा गम्भीर घाइते भएका थापाको नयाँ मेडिकल कलेजमा गएराति ९ः१० बजेको समयमा मृत्यु भएको चितवन प्रहरीले जानकारी दिएको छ ।
घट्नाको आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । ट्रक चालक र दुवै सवारी साधान प्रहरीको नियन्त्रणमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले