देवघाटका मृगौला पीडित थापाको उपचारको लागि सहयोगको अपिल

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २६

देवघाट गाउँपालिका वडा नम्बर २ नरमका मृगौला पीडित ४९ वर्षीय यम बहादुर थापाको उपचारको लागि आर्थिक सहयोगको अपिल गरिएको छ ।

विगत केहि समय अगाडि देखि दुवै मृगौला फेल भई हाल पुरानो मेडिकल कलेज भरतपुरमा उपचाररत थापाको उपचारको लागि आर्थिक अभाव भएको हुँदा उनको उपचारमा सहयोग गर्न थापाका कान्छा भाई हिरा थापा मगरले अनुरोध गरेका छन् ।

दाईको आर्थिक अवस्था निकै कमजोर रहेको र हाल नियमित डाइलासिस गर्नु परेको हुँदा आर्थिक अभाव भएकोले इच्छुक महानुभावहरुले दाई यमबहादुरको उपचारमा सहयोग गर्न हिराले अनुरोध गरेका छन् ।

उपचार सहयोग गर्न चहानुहुने महानुभावहरुले सिदार्थ वैंक लिमिटेड दमौली शाखामा रहेको हिरा थापा मगरको खाता नम्बर ०३२१७७९२८१० मार्फत आफुले सकेको सहयोग गरिदिनुन हुन उनले अनुरोध गरेका छन् । साथै मोवाइल नम्बर ९८६६६९०६७२ मा सम्पर्क गरि सहयोग उपलब्ध गराउन सकिने थापाले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता