देवघाटको रातमाटे सुन्दरबस्ती र देवपुर टोलमा बृहत सरसफाई

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाट गाउँपालिका–५ स्थित रातामाटे सुन्दरबस्ती टोल र देवपुर गाउँ सुधार टोलमा शनिबार बृहत सरसफाई गरिएको छ । नियमित सरसफाई प्रति टोलका उपभोक्तामा जागरण ल्याउन र लामखुट्टेको कारण लाग्ने डेंगु रोग नियन्त्रणको लागि सरसफाई गरिएको रातामाटे सुन्दरबस्ती टोलबिकास संस्थाका अध्यक्ष डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

वडा नम्बर ५ कै नमुना टोल बनेको रातामाटे सुन्दरवस्ती टोलमा प्रत्येक शनिबार नियमित रुपमा सरसफाई गरिँदै आएको अध्यक्ष डा.श्रेष्ठले बताए । रातामाटे सुन्दरबस्ती देवघाट वडा नम्बर ५ को नमुना गाउँ बन्नेमा स्वास्थ्य र सरसफाई प्रति टोलका नागरिकहरुको जागरण नै मुख्य रहेको अध्यक्ष श्रेष्ठले बताए ।

यसैगरि वडा नम्बर ५ स्थित देवपुर गाउँ सुधार समिती पनि शनिबार टोल क्षेत्रमा बृहत सरसफाई गरेको छ । उक्त टोलले पनि प्रत्येक शनिबार नियमित सरसफाईको कार्यक्रम गर्र्दै आएको देवपुर गाउँ सुधार समितिका अध्यक्ष सुकुलाल गुरुङले बताए ।

देशव्यापी रूपमा फैलिएको डेंगु रोग रोकथाम र नियन्त्रणको लागि टोल वरपर नियमित रुपमा सरसफाई गर्नु पर्ने अध्यक्ष गुरुङले बताए । उक्त सरसफाइ कार्यक्रममा देवपुर टोलका सबै घरका नागरिकहरु उपस्थित थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु