गलेश्वर आश्रमका पिठाधिस स्वामी आत्मानन्द गिरी अमेरिका भ्रमणमा

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधिश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज अमेरिका भ्रमणमा गएका छन् । स्वामी आत्मानन्द गिरि अक्टेवर २६ (कार्तिक १० गतेसम्म) अमेरिका भ्रमणमा  हुनेछन् । ।

आफ्ना सिष्यहरुको निमन्त्रणामा अमेरिका भ्रमणमा गएका स्वामी आत्मानन्द गिरिजी महाराजले अमेरिका भ्रमणको क्रममा विभिन्न राज्यमा उनका सिष्यहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।

नेपालको मध्यभागमा पर्ने कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटधाम तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी आश्रमको स्थापना गरेका थिए । सोही आश्रमलाई गलेश्वर आश्रमको रुपमा चिनिन्छ । २०५३ सालदेखी उक्त आश्रमको पिठाधिसको रुपमा श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका

कृषि विकास र भेटेरिनरी अस्पतालको बजेट र कार्यक्रम सार्वजनिक, अघिल्लो वर्षको समीक्षा

तनहुँ । साउन २१ कृषि विकास कार्यालय तनहुँ र भेटेरिनरी अस्पताल तनहुँले आर्थिक वर्ष २०८३/०८४

बन्दीपुर गाउँपालिकाका सामुदायिक विद्यालयमा प्रधानाध्यापक पदपूर्तिका लागि दरखास्त आह्वान

तनहुँ । साउन २१ बन्दीपुर गाउँपालिकाले गाउँपालिकाभित्रका ९ वटा सामुदायिक विद्यालयहरूमा रिक्त रहेका प्रधानाध्यापक पदपूर्तिका