गलेश्वर आश्रमका पिठाधिस स्वामी आत्मानन्द गिरी अमेरिका भ्रमणमा

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाटधाम स्थित गलेश्वर आश्रमका पिठाधिश श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज अमेरिका भ्रमणमा गएका छन् । स्वामी आत्मानन्द गिरि अक्टेवर २६ (कार्तिक १० गतेसम्म) अमेरिका भ्रमणमा  हुनेछन् । ।

आफ्ना सिष्यहरुको निमन्त्रणामा अमेरिका भ्रमणमा गएका स्वामी आत्मानन्द गिरिजी महाराजले अमेरिका भ्रमणको क्रममा विभिन्न राज्यमा उनका सिष्यहरुले आयोजना गर्ने विभिन्न कार्यक्रममा धार्मिक प्रवचन दिने कार्यक्रम रहेको छ ।

नेपालको मध्यभागमा पर्ने कालीगण्डकी र त्रिशुली नदीको संगमस्थल देवघाटधाम तपस्वी अष्टाङ्ग योगसिद्ध ईश्वरानन्द ब्रह्मचारी (गलेश्वर बाबा) ले वि.सं.१९८० सालमा म्याग्दीबाट देवघाट आई कुटी निर्माण गरी आश्रमको स्थापना गरेका थिए । सोही आश्रमलाई गलेश्वर आश्रमको रुपमा चिनिन्छ । २०५३ सालदेखी उक्त आश्रमको पिठाधिसको रुपमा श्री १००८ अनन्त श्री विभूषित महामण्डलेश्वर स्वामी आत्मानन्द गिरिजी महाराज रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले