‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना सम्बन्धी सम्भाव्यता अध्ययन समितिका संयोजक डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सबैको सहयोगमा देवघाटमा छिटै अब क्याम्पस खोल्ने सकिने सम्भावना देखिएको डा.श्रेष्ठले बताए । देवघाट गाउँपालिकाभर एउटा पनि स्नातक क्याम्पस नभएको हुँदा यहाँका विद्यार्थीहरु चितवनको भरतपुर र नवलपुरको गैंडाकोटमा गएर पढ्नुपर्ने बाध्यता रहेको हुँदा देवघाटमै क्याम्पस खोल्नुपर्ने सुझाव सबैले दिएको डा. श्रेष्ठले बताए ।

देवघाटमा कक्षा १२ पास गरेर बसेका विद्यार्थीको संख्या सय भन्दा बढि रहेको र उनीहरुलाई प्रतक्ष्य भेटेर किन थप अध्ययन नगरेको भनेर जिज्ञासा राख्दा पढ्नको लागि बाहिर जानु पर्ने र त्यसकोलागि घरको आर्थिक अवस्था कमजोर भएकोले अध्ययनलाई निरन्तरता दिन नसकेको बताएका थिए । आफ्नै ठाउँमा क्याम्पस भएमा पढाईलाई निरन्तरता दिने उनीहरुको भनाई रहेको डा. श्रेष्ठले बताए ।

क्याम्पस स्थापनाकोलागि तनहुँको देवघाट तथा चितवनको देवघाट र कविलास क्षेत्रका सामुदायिक विद्यालयमा भ्रमण गर्ने क्रममा ति सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि देवघाटमा क्याम्पस स्थापना भएमा आफुहरुलाई भविष्यमा अध्ययनलाई निरन्तरता दिन सहज हुने बताएका थिए ।

देवघाटमा क्याम्पस स्थापना गर्ने विषयलाई लिएर अहिले आफुलाइ निन्द्रा पनि नलागेको र हरेक समय यहि विषयलाई नै प्राथमिकता दिएको श्रेष्ठले बताए । आफ्नो अभियानमा देवघाट गाउँपालिका, यहाँका राजनीतिक दल, टोल विकास संस्था, सामाजिक संघ संस्था, सामुदायिक वन समिति लगायतले साथ दिएमा देवघाटमा स्नातक क्याम्पस स्थापना गर्ने आफुहरुको बर्षाैदेखीको चाहाना र सपना चाँडै नै पुरा हुने डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण