‘देवघाटमा क्याम्पस खोल्ने विषयमा सबै क्षेत्र सकारात्मक’

Devghat Online

शेयर गरौ

देवघाट, भदौ २९

देवघाट गाउँपालिकामा स्नातक क्याम्पस खोल्ने विषयमा सबै सरोकारवालाहरु सकारात्मक रहेको क्याम्पस स्थापना सम्बन्धी सम्भाव्यता अध्ययन समितिका संयोजक डा.सुरेन्द्रप्रसाद श्रेष्ठले बताए ।

सबैको सहयोगमा देवघाटमा छिटै अब क्याम्पस खोल्ने सकिने सम्भावना देखिएको डा.श्रेष्ठले बताए । देवघाट गाउँपालिकाभर एउटा पनि स्नातक क्याम्पस नभएको हुँदा यहाँका विद्यार्थीहरु चितवनको भरतपुर र नवलपुरको गैंडाकोटमा गएर पढ्नुपर्ने बाध्यता रहेको हुँदा देवघाटमै क्याम्पस खोल्नुपर्ने सुझाव सबैले दिएको डा. श्रेष्ठले बताए ।

देवघाटमा कक्षा १२ पास गरेर बसेका विद्यार्थीको संख्या सय भन्दा बढि रहेको र उनीहरुलाई प्रतक्ष्य भेटेर किन थप अध्ययन नगरेको भनेर जिज्ञासा राख्दा पढ्नको लागि बाहिर जानु पर्ने र त्यसकोलागि घरको आर्थिक अवस्था कमजोर भएकोले अध्ययनलाई निरन्तरता दिन नसकेको बताएका थिए । आफ्नै ठाउँमा क्याम्पस भएमा पढाईलाई निरन्तरता दिने उनीहरुको भनाई रहेको डा. श्रेष्ठले बताए ।

क्याम्पस स्थापनाकोलागि तनहुँको देवघाट तथा चितवनको देवघाट र कविलास क्षेत्रका सामुदायिक विद्यालयमा भ्रमण गर्ने क्रममा ति सामुदायिक विद्यालयका विद्यार्थीहरुले पनि देवघाटमा क्याम्पस स्थापना भएमा आफुहरुलाई भविष्यमा अध्ययनलाई निरन्तरता दिन सहज हुने बताएका थिए ।

देवघाटमा क्याम्पस स्थापना गर्ने विषयलाई लिएर अहिले आफुलाइ निन्द्रा पनि नलागेको र हरेक समय यहि विषयलाई नै प्राथमिकता दिएको श्रेष्ठले बताए । आफ्नो अभियानमा देवघाट गाउँपालिका, यहाँका राजनीतिक दल, टोल विकास संस्था, सामाजिक संघ संस्था, सामुदायिक वन समिति लगायतले साथ दिएमा देवघाटमा स्नातक क्याम्पस स्थापना गर्ने आफुहरुको बर्षाैदेखीको चाहाना र सपना चाँडै नै पुरा हुने डा. श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु