दमौली, भदौ ३०
सामुदायिक सेवा केन्द्र एवम् सामुदायिक प्रहरी सेवा केन्द्रको पाँचौ अधिवेशन दमौलीमा शनिबार सम्पन्न भएको छ । सो अधिवेशनले राजेश्वर हड्खलेको अध्यक्षतामा नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ ।
नवगठित केन्द्रको उपाध्यक्षमा गोविन्दराम पन्थ, सचिवमा तारानरेश पौडेल, कोषाध्यक्ष जौमाया रायमाझी र सहसचिवमा हरि कार्की चयन भएका छन् । त्यस्तै सदस्यहरुमा विष्णुप्रसाद श्रेष्ठ, ऋषिराम ढुङ्गाना, भाग्यशाली ढुङ्गाना, नानुमाया बस्नेत, सपना श्रेष्ठ, सोमनाथ पौडेल, इश्वरी गौली, विष्णुमाया गुरुङ, दमन्ती गोदार, तिलकबहादुर चौहान चयन भएका छन् ।
अधिवेशनको जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले उद्घाटन गरेका थिए । उक्त अवसरमा वाग्लेले सामुदायिक केन्द्र हालको अवस्थामा महत्वपूर्ण भूमिका र आवश्यक रहेको महशुस भएको बताए । समाजमा शान्तिसुरक्षा कायम गर्न गर्नु, लागू औषध सम्बन्धि चेतना, लैङ्गिक हिंसा न्यूनिकरण गर्नको यस्ता सामुदायिक केन्द्रले महत्वपूर्ण योगदान हुने भएकोले महत्व हुने उनको भनाई थियो ।
केन्द्रका निर्वतमान अध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षमामा भएको कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, पूर्व प्रमुख ताराप्रसाद श्रेष्ठ, जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख विरेन्द्रबहादुर शाही, केन्द्रका सस्थापक अध्यक्ष गोविन्द पन्थ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।