बन्दीपुरमा दरवन्दी भन्दा बाहिरका कर्मचारीहरुको करार सम्झौता अन्त्य

Devghat Online

शेयर गरौ

बन्दीपुर, असोज १

बन्दीपुर गाउँपालिकाले दरबन्दी बाहिरका कर्मचारीको करार सम्झौता अन्त्य गरेको छ । बन्दीपुर गाउँ पालिका कार्यपालिकाको सोमबार बसेको बैठकले गाउँपालिकाको आन्तरिक स्रोतबाट तलबभत्ता भुक्तान गरिने गाउँपालिका र वडा कार्यालयहरुमा दरवन्दी भन्दा बाहिर रही करारमा कार्यरत ८ जना कर्मचारीहरुको मिति २०८१ भाद्र मसान्तबाट करार सम्झौता अन्त्य गरी म्याद थप नगर्ने निर्णय गरेको छ।

गाउँपालिका अध्यक्ष सुरेन्द्र बहादुर थापाका अनुसार करारबाट पदपूर्ति गर्न नमिल्ने पदहरुमा करारबाट पदपूर्ति गरी गाउँपालिकाले तलबभत्ता भुक्तानी गरेको तथा उक्त कार्य प्रचलित ऐन, नियम बमोजिम अनियमित हुने भनी महालेखा परिक्षकको प्रतिवेदनमा समेत पटक पटक उल्लेख भए बमोजिमका दरवन्दी भन्दा बाहिरका पदहरु मध्ये सहायकस्तर चौथो तहमा कार्यरत ६ जना र २ जना कार्यालय सहयोगी गरि ८ जना कर्मचारीहरुको करार सम्झौता अन्त्य गरिएको र क्रमशः स्वास्थ्य, शिक्षा, कृषि, पशु लगायतका शाखाहरुमा कार्यरत दरबन्दी भन्दा बाहिरका अन्य पदहरुमा कार्यरत कर्मचारीहरुको सन्दर्भमा पनि कार्यपालिकाबाट निर्णय गरि म्याद थप अन्त्य गरिने तथा प्रचलित ऐन, कानुन बमोजिम नियुक्तीको प्रक्रिया अगाडी बढाईने बताए।

अध्यक्ष थापाका अनुसार गाउँपालिकालाई चालु आर्थिक बर्ष देखी नै भ्रष्टचारमा शुन्य सहनशिलता तथा बेरुजु मुक्त पालिकाको रुपमा अगाडि बढाउनका लागि यस्तो निर्णय गरिएको बताए । साथै अध्यक्ष थापाले सम्पूर्ण बन्दीपुरबासीहरु समक्ष करार सम्झौता अन्त्य गर्ने निर्णयलाई राजनैतिक पूर्वाग्रहको रुपमा नलिई सुशासन कायम तथा आर्थिक अनियमितताको अन्त्यका लागि गाउँपालिकाले लिएको पारदर्शी र दुरदर्शी निर्णयको रुपमा लिई समृद्ध बन्दीपुर निर्माणका लागि गाउँपालिकालाई रचनात्मक सल्लाह, सुझाव तथा सहयोग गर्नुहुन आग्रह गर्नुका साथै करार सम्झौता अन्त्य भएका कर्मचारीहरुलाई समेत निजहरु कार्यरत रहदाँ गाउँपालिकाको सेवा प्रवाहमा पुर्याउनुभएको अतुलनिय योगदानको उच्च मूल्याङ्कन सहित अध्यक्ष थापाले धन्यवाद व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

आबुँखैरेनीले सामुदायिक तथा सस्थांगत विद्यालयमा निशुल्क भर्ना गर्ने

तनहुँ । चैत ७ आबुँखैरेनी गाउँपालिकाले आगामी शैक्षिक सत्रमा सामुदायिक तथा संस्थागत विद्यालयमा निशुल्क भर्ना

एसइई परिक्षा सुरु

तनहुँ । चैत ७ माध्यमिक शिक्षा परिक्षा (एसइई) विहिबारबाट सुरु भएको छ । परिक्षा बिहान

स्वावलम्बन लघुवित्तले ३६ जना महिला सदस्यलाई दियो बाख्रापालन सम्बन्धी तालिम

तनहुँ । चैत ७ स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड डुम्रे शाखाको आयोजनामा तीन दिने व्यावसायिक

जिल्ला खेलकुद विकास समिति चितवन र पुष्पाञ्जली हस्पिटलबीच खेलाडीको उपचारमा छुटको सम्झौता

देवघाट अनलाइन चितवन, चैत ७ । चितवन जिल्लाका खेलाडी तथा परिवारको उपचार खर्चमा पुष्पाञ्जली हस्पिटलले