प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बन्दिपुर–४ मा गोरेटोबाटो ढलान

Devghat Online

शेयर गरौ

बन्दिपुर, असोज १०

प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत बन्दिपुर गाउँपालिका–४ मा गोरेटोबाटो ढलान गरिएको छ । बन्दीपुर गाउँपालिका वडा नम्बर ४ स्थित पुलामी चोकबाट पानी टंकीसम्म जाने गोरेटो बाटो ढलान योजनाको काम गरिएको हो ।

उक्त योजनाको लागि गाउँपालिकामा चालु आर्थिक वर्षमा सुचिकृत भएका बेरोजगार व्यक्तिहरु परिचालन गरिएको थियो । बन्दीपुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय र प्रधानमन्त्री रोजगार कार्यक्रमको लागत साझेदारीमा सञ्चालित यस योजनामा निर्माण सामाग्री तथा दक्ष कामदार ज्याला बन्दीपुर गाउँपालिका वडा नम्बर ४ को कार्यालयबाट विनियोजित ४ लाख रुपैयाँ र अदक्ष कामदार तर्फको ज्याला प्रधानमन्त्री रोजगार कार्यक्रमबाट प्रदान गरिने गाउँपालिकाले जनाएको छ ।

उक्त योजना दशैं अगाडी नै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य रहेको यस योजनाबाट ८ जना अदक्ष र ४ जना दक्ष श्रमिकले रोजगारी प्राप्त गरि लाभान्वित बनेको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता