क्यान्सर पीडित आलेको उपचारकोलागि थापाको एकल प्रयासमा २ लाख ३६ हजार संकलन

Devghat Online

शेयर गरौ

दमौली, असोज १०

व्यास नपा–१४ केशवटारकी क्यान्सर पीडित ६३ बर्षिय तममाया आलेको उपचारकोलागि व्यास १४ का युवा समाजसेवी भुवनसिंह थापाको एकल प्रयासमा २ लाख ३६ हजार २७४ रुपैयाँ आर्थिक सहयोग संकलन भएको छ । आफ्नो युट्यव च्यानलको माध्यमबाट सुरु गरेको सहयोग संकलन अभियानको क्रममा उक्त रकम संकलन भएको समाजसेवी थापाले बताए ।

थापाले हाललाई आर्थिक सहयोग संकलन अभियान सकिएको भन्दै संकलित रकम विहिबार क्यान्सर पीडित तममाया आलेको श्रीमानलाई हस्तान्तरण गरे । थापाले सन्चालन गर्दै आएको भुवनसिंह थापा युट्युव च्यानलको माध्यमबाट आलेको उपचारको लागि सहयोग संकलन सुरु भएको थियो । क्यान्सर पीडित आलेको रोग तथा उनको पारिवारिक आर्थिक अवस्थाको बारेमा आफ्नो युट्युव च्यानलबाट प्रशारण गरेपछि उक्त भिडियो हेरेर सहयोगी व्यक्तिहरुले आफुलाई सम्पर्क गरि आर्थिक सहयोग पठाएको थालेको थापाले बताए ।

विशेष गरि व्यास नपा १४ स्थायी घर भई हाल स्वदेश तथा विदेशमा रहनुहुने धेरैले आफुलाई सम्पर्क गरि आर्थिक सहयोग पठाएको थापाले बताए । थापाले आफुलाई प्राप्त भएको रकम र दाताको नाम आफ्नो फेसबुक पेजबाट सार्वजानिक गर्दै आएका थिए । यसले रकमको पारदर्शीता पनि देखाउने र सहयोग गर्न चहाने अन्यलाई पनि उत्साह जाग्ने थापाले बताए ।

क्यान्सर पीडित आलेको चितवनको भरतपुर स्थित विपि कोईराला मेमोरियल क्यान्सर अस्पतालमा उपचार भईरहेको छ । उनमा गत मंसिरमा मात्र क्यान्सर भएको पुष्टि भएको थियो । क्यान्सरको उपचार गर्न आर्थिक अभाव भएको जानकारी पाएपछि वडाबासीलाई सहयोगको लागि अपिल गरिएको व्यास नपा वडा नम्बर १४ का वडा सदस्य दुर्गाबहादुर आलेले बताए । व्यास १४ का टोल विकास संस्थाहरुले वडा कार्यालय मार्फत सहयोग गरिरहेको र संकलित सबै रकम आलेको परिवारलाई हस्तान्तरण गरिएको वडा सदस्य आलेले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातिय भेदभाव तथा छुवाछुत उन्मूलन दिवसमा तनहुँका विभिन्न स्थानीय तहले दिए सार्वजानिक बिदा

तनहँ । जेठ १९ जातिय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका विभिन्न स्थानीय तहले

शंकराचार्य विधुशेखर भारतीको नेपाल भ्रमणले दिएका सन्देश

६० वर्षपछि शृङ्गेरी शारदामठका जगद्गुरु शंकराचार्य (उत्तराधिकारी) श्री श्री विधुशेखर भारती नेतृत्वमा रहेको ‘जम्बो’ धार्मिक