स्वास्थ्य सुचकांकमा तनहुँका स्थानीय तह मध्ये देवघाट गाउँपालिका प्रथम

Devghat Online

शेयर गरौ

देवघाट, असोज ११

स्वास्थ्य सुचकको आधारमा तनहुँका स्थानीय तह मध्ये देवघाट गाउँपालिका प्रथम भएको छ । गन्डकी प्रदेशको स्वास्थ्य मन्त्रालयले गन्डकी प्रदेशका सबै स्थानीय तहको आ.व २०८०/८१ को गरेको मुल्यांकनमा देवघाट गाउँपालिका प्रथम भएको हो । विभिन्न सुचकहरुमा रही प्रदेश स्वास्थ्य मन्त्रालयले गरेको मुल्यांकनमा ७९.६ अंक प्राप्त गरि देवघाट गाउँपालिका प्रथम हुन सफल भएको हो ।

प्रदेशभरि भने देवघाट आठौं भएको छ । देवघाटले आ.व २०७९/०८० मा प्रदेशभरी एक्काइसौं स्थान पाएकामा यसपटक उल्लेख सुधार गरेको छ ।

जिल्ला स्वास्थ्य कार्यालय तनहँले जिल्ला भरका स्वास्थ्य चौकीहरुको गरेको मुल्यांकनमा पनि देवघाट गाउँपालिका-३ को छिपछिपे स्वास्थ्य चौकी प्रथम भएको थियो ।

स्थानीय तहले स्वास्थ्यको क्षेत्रमा गरेको कामहरुको सुचकलाई आधार मानेर मुल्यांकन गरिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले बताए ।

प्रदेशको मुल्यांकन अनुसार तनहुमा ऋषिङ गाउँपालिका ७६.४ अंक प्राप्त गरि तनहुँमा दोस्रो, ७३.९ अंक प्राप्त गरि व्यास नपा तेस्रो भएका छन् । त्यसैगरी बन्दिपुर चौंथो, आबुँखैरेनी पाँचौ, म्याग्दे छैटौं, शुक्लागन्डकी सातौं, घिरिङ आठौं, भिमाद नवौं र भानु नपा दशौं भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता