देवघाट, असोज १२
देवघाट गाउँपालिका वडा नम्बर ५ साँढेबगर स्थित महादेव आधारभुत विद्यालय बाढीको कारण डुबानमा परेको छ । विहिबार रातीदेखी परेको अविरल वर्षापछि कालीगन्डकीनदीमा आएको बाढीले उक्त विद्यालय डुबानमा परेको छ ।
विद्यालयका प्रअ शिवहरी वाग्लेका अनुसार विद्यालयमा बाढी पसेपछि विद्यालयको प्रशासन कक्षमा रहेको सबै कागजात नष्ट भएको छ । शुक्रबार दिउँसो पढाई सकेर घर गएको र शनिबार बिहान आएर हेर्दा बाढीले विद्यालय डुबाएको प्रअ वाग्लेले बताए ।
यस अघि गत असार २२ गते आएको बाढीले पनि उक्त विद्यालय डुबानमा परेको थियो । उक्त विद्यालयमा १४ जना विद्यार्थी अध्ययनरत छन् । नदी किनारमा विद्यालय हुँदा हरेक वर्षायाममा विद्यालय जोखिममा परेको हुँदा अलि सुरक्षित स्थानमा विद्यालय सार्नुको विकल्प नभएको प्रअ वाग्लेले बताए ।
तश्विरहरुः प्रअ शिवहरी वाग्ले