बाढीको डुबानमा देवघाटको महादेव आधारभुत विद्यालय

Devghat Online

शेयर गरौ

देवघाट, असोज १२

देवघाट गाउँपालिका वडा नम्बर ५ साँढेबगर स्थित महादेव आधारभुत विद्यालय बाढीको कारण डुबानमा परेको छ । विहिबार रातीदेखी परेको अविरल वर्षापछि कालीगन्डकीनदीमा आएको बाढीले उक्त विद्यालय डुबानमा परेको छ ।

विद्यालयका प्रअ शिवहरी वाग्लेका अनुसार विद्यालयमा बाढी पसेपछि विद्यालयको प्रशासन कक्षमा रहेको सबै कागजात नष्ट भएको छ । शुक्रबार दिउँसो पढाई सकेर घर गएको र शनिबार बिहान आएर हेर्दा बाढीले विद्यालय डुबाएको प्रअ वाग्लेले बताए ।

यस अघि गत असार २२ गते आएको बाढीले पनि उक्त विद्यालय डुबानमा परेको थियो । उक्त विद्यालयमा १४ जना विद्यार्थी अध्ययनरत छन् । नदी किनारमा विद्यालय हुँदा हरेक वर्षायाममा विद्यालय जोखिममा परेको हुँदा अलि सुरक्षित स्थानमा विद्यालय सार्नुको विकल्प नभएको प्रअ वाग्लेले बताए ।

तश्विरहरुः प्रअ शिवहरी वाग्ले

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता