जलवायु उत्थानशील क्षमता अभिवृद्धि सम्बन्धी अन्तरक्रिया सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असोज १२

तनहुँका स्थानीय तहका अधिकृत, विपद तथा वातावरण शाखाका फोकल पर्सन र सरोकारवाला निकायका प्रमुखसँग जलवायु उत्थानशील क्षमता अभिवृद्धि सम्बन्धि अन्तरक्रिया कार्यक्रम आइतबार दमौलीमा सम्पन्न भएको छ ।

राष्ट्रिय प्रकृति संरक्षण कोष र डिभिजन वन कार्यालय तनहुँको आयोजनामा दमौलीमा भएको कार्यक्रममा जलवायु परिवर्तनलाई केन्द्रमा राखेर हरेक खालको योजना र कार्यक्रम तर्जुमा गर्नुपर्नेमा जोड दिईएको थियो । तालिममा राष्ट्रिय प्राकृतिक संरक्षण कोषका क्षमता विकास अधिकृत सुनिल सापकोटा, सहायक वन अधिकृत नविन विश्वकर्मा, संरक्षण कोषका अध्यक्ष जलवायु विज्ञ डा.अनिता श्रेष्ठले जलवायु परिवर्तनको बारेमा कार्यपत्र प्रस्तुत गर्दै पालिका र पालिकावासीको माग र आवश्यकतालाई ध्यानमा राखेर जलवायु अनुलकुलनको कार्यक्रम बनाउन आवश्यक रहेको बताएका थिए ।

परम्परागत तवरले गरिएका खेती प्रणाली र विकास निर्माणको कार्यलाई प्रोत्साहन गर्ने गरी गण्डकी जलाधार जलवायु उत्थानशील आयोजनामार्फत तनहुँका १० वटा पालिका लगायतमा जलवायु उत्थानशील कार्यक्रम लागु परिने समेत बताईएको थियो । जलवायु उत्थानशील क्षमता अभिवृद्धि तालिम प्रत्येक पालिकाका लक्षित समुदायमाझ गरिनुपर्नेमा सामुदायिक वन महासंघ तनहुँका अध्यक्ष विष्णुकुमार श्रेष्ठ र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला निवर्तमान अध्यक्ष वसुन्धरा घर्तीले जोड दिएका थिए ।

जलवायु उत्थानशील क्षमता अभिवृद्धिको लागि समुदायस्तरमा आवश्कता पहिचान गरी सोही अनुसारको अनुकुलनको कार्यक्रम गरिनु पर्ने निमित्त डिभिजन वन प्रमुख काशिराज पण्डितले बताए । पछिल्लो समय चर्चामा रहेपनि ग्रामिण क्षेत्रका समुदायलाई जलवायु परिवर्तनको असर र प्रभावको बारेमा गहन तवरले बुझाउन आवश्यक रहेको समेत निमित्त वन अधिकृत पण्डितको भनाई छ । उक्त कार्यक्रममा तनहुँका १० वटा पालिकाका अधिकृत, गैह्र सरकारी संस्था महासंघ र सामुदायिक वन महासंघ तनहुँका पदाधिकारी लगायत तालिममा ३० जनाको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु