लामिडाँडामा पहिरो पन्छाउन माग गर्दै स्थानीय शिक्षक पृथ्वी भुजेलको वडा अध्यक्षलाई खुल्लापत्र

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

व्यास नपा–१२ लामिडाँडाका विभिन्न क्षेत्रमा गएको पहिरो पन्छाउन माग गर्दै स्थानीय शिक्षक पृथ्वी भुजेलले वडा नम्बर १२ का वडा अध्यक्षलाई खुल्ला पत्र लेखेका छन् । लामिडाँडा जाने सडकमा पहिरो गएको, पहिरोले विद्युतका पोलहरु ढलाएर विद्युत अवरोध भएको तथा स्थानीय बासिन्दाका घरहरु पहिरोको कारण जोखिममा रहेको हुँदा त्यसबारेमा वडा अध्यक्ष वमबहादुर आलेलाई पटक पटक जानकारी गराउँदा पनि कुनै वास्ता नगरेपछि समाजिक सन्जाल मार्फत खुल्लापत्र लेख्न बाध्य भएको भुजेलले बताए ।

भुजेलले सामाजिक सन्जाल मार्फत सार्वजानिक गरेको पत्रमा लेखेका छन्–

‘प्रिय ब्यास १२ का वडा अध्यक्ष बम बहादुर आले ज्यु नमस्कार !

मैले ४ दिन भयो यहाँलाई ब्यास–१२ लामिडांडाको बाटो अवरोध, बिद्धुत अबरोध र घर पुरिएर बसेको कुरा जानकारी गराएको । यो घरको परिवार अविरल बर्षासँगै खुला आकाशमा सुतेको त ६ दिन भैसकेको छ । यो पहिरो पन्छाउन र जनतालाई उद्धार गर्ने कार्यप्रती तपाँइको यो लापरबाहीपन अति नै भयो । वडाको कर्मचारीको मुठिमा रुमलिएर जनताको उद्धालाई यो खालको उदासीनता देखाउने अधिकार तपाइलाइ कहाँ छ ? डोजर माग्दा माग्दा हामी हैरान भैसकेका छौँ । कि कमिसन दिने खालको डोजर पाउनु भएन तपाइहरुले ? बिचार गर्नुहोला तपाईंको वडा कार्यलयमा हामी बिरोधको कार्यक्रम लिएर आउँदा १०० जना प्रहरी तैनाथ गर्न नपरोस् । जनताको जिबनसग खेलवाड गर्ने अधिकार तपाइलाइ छैन ।’

पत्रसँगै भुजेलले पहिरोले जोखिममा परेको घरको फोटो पनि सार्वजानिक गरेका छन् । उनले उक्त पहिरो पन्छाउन पनि वडा अध्यक्षसँग पटक पटक अनुरोध गर्दा पनि सुनुवाई नभएको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता