भानु नपाले स्थापना दिवस मनाउने

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

तनहुँको भानु नगरपालिकाको स्थापना दिवश मंगलबार विभिन्न कार्यक्रम गरी मनाउने भएको छ । भानु नगरपालिकाको कार्यालय फुस्रेटारमा हुने कार्यक्रममा जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेको प्रमुख आतिथ्यतामा स्थापना दिवश समारोह कार्यक्रम हुने भएको हो ।

राष्ट्रिय विभूति आदिकवि भानुभक्त आचार्यको नामबाट नामाकरण गरिएको भानु नगरपालिकाको ऐतिहासिक दिनको कार्यक्रममा सम्पूर्ण भानु नगरबासी तथा अन्य शुभ चिन्तकहरुलाई कार्यक्रममा सहभागिताका लागि भानु नगर प्रमुख आनन्दराज त्रिपाठीले अनुरोध गरेका छन् ।

भानु नगरपालिकाको स्थापना दिवशको पूर्व सन्ध्यामा विविध कार्यक्रम सन्चालन भैरहेका छन् । आईतबार भानु नगरपालिकाको सेवा केन्द्र भानु–१ भन्सारमा वृक्षा रोपण गरिएको छ । सो अवसरमा रुद्राक्षका करिब २ सय विरुवा रोपिएको छ भने सरसफाई कार्यक्रम, सडक सौन्दर्य कार्यक्रम अन्तरगत सडक छेउमा गमला राख्ने कार्य गरिएको उप प्रमुख उमा गोतामेले जानकारी दिइन् ।

त्यसैगरी सोमबार रक्तदान कार्यक्रम गरिएको छ । भानु नगरपालिकाको आयोजना र नेपाल रेडक्रस सोसाईटी भानुभक्त उप शाखा भानुको संयोजनका रक्तदान कार्यक्रम गरिएको भानु नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले जानकारी दिए । नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले नगर प्रमुख आनन्दराज त्रिपाठीलाई ब्लड ब्याग हस्तान्तरण गरी कार्यक्रमको शुभारम्भ गरिएको थियो । उक्त अवसरमा २० जनाले रक्तदान गरेको नगर प्रमुखका स्वकीय सचिब अमित लामाले जानकारी दिए ।

उक्त कार्यक्रममा नगरपालिकाकी उप–प्रमुख उमा गोतामे, प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेल, तनहुँ रेडक्रसका मन्त्री सूर्यचन्द्र हड्खले, शाखा विकास अधिकृत ईमनाथ भट्ट, भानुभक्त शाखाका सभापति उपेन्द्र बिष्ट, भानु स्वास्थ्य शाखा प्रमुख ऐश्वर्यचन्द्र भट्टराई, प्राविधिक शाखा प्रमुख विपिन श्रेष्ठ, शिक्षा शाखाकी अधिकृत सरस्वती गुरुङ ढकाल, जनस्वास्थ्य अधिकृत सुभाष रेग्मी, आयुर्वेद शाखा प्रमुख रबिन धिताल लगाएतको सहभागिता रहेको नगरपालिकाका सामाजिक बिकास शाखाका प्रमुख कृपाहरि लौडारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

शुक्लागण्डकीमा भूमिहीन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई २१ दिने निवेदन आह्वान

तनहुँ । साउन १९ शुक्लागण्डकी नगरपालिकाले नगरभित्रका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरूलाई निवेदन

‘तनहुँमा एलपी ग्याँसको अभाव छैन’, अनावश्यक भण्डारण नगर्न जिल्ला प्रशासन कार्यालयको आग्रह

तनहुँ । साउन १९ जिल्ला प्रशासन कार्यालय तनहुँले जिल्लामा खाना पकाउने एलपि ग्याँसको आपूर्ति नियमित

तनहुँमा चालक सचेतना कार्यक्रम, सर्च एण्ड स्विप अपरेसनमा ९ जना नियन्त्रणमा

तनहुँ । साउन १९ पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडक खण्डमा हुन सक्ने सवारी दुर्घटना न्यूनीकरणका लागि