म्याग्दे गाउँपालिकामा व्यवसाय दर्ता अभियान सन्चालन

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

म्याग्दे गाउपालिकाको आयोजना र तनहुँ उद्योग वाणिज्य संघ थर्पु वजार ईकाइ समितिको सहकार्यमा व्यवसाय दर्ता अभियान म्याग्दे गाउँपालिकामा शुरू भएको छ । गाउँपालिका भित्र व्यापार व्यवसाय गर्ने व्यवसायीलाई कानुनी दायरामा ल्याउने उदेश्यले अभियानकै रूपमा दर्ता तथा सुचिकृत गरिएको हो ।

उद्योग, व्यवसाय सन्चालन गरेका व्यवसायीको तथ्यांक सकलन गर्ने उद्देश्यले उक्त अभियान सन्चालन गरिएको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले बताए । उद्योग व्यवसाय सन्चालन गरि अभियानका रूपमा घर आँगनमा सुचिकृत तथा दर्ताका लागि सवै व्यवसायी अनिवार्य रूपमा आउने आग्रह गरिएको अध्यक्ष श्रेष्ठले बताए ।

गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले व्यवसायीलाई सजिलोको लागि वडामा गएर नै सुचिकृत तथा दर्ता अभियान सन्चालन गरिएको बताए । व्यवसायीको सहजताकोलागि वडामै गएर व्यवसाय दर्ता प्रमाणपत्र उपलब्ध गराईएको उपाध्यक्ष घिमिरेले बताए ।

म्याग्दे गाउँपालिकाले सन्चालन गरिरहेको एकिकृत घुम्ति शिविर अन्तर्गत उद्योग शाखाको सेवा तर्फ उद्योग, व्यापार, वाणिज्य दर्ता तथा सुचिकृत सेवा टोल टोलमा उपलव्ध गराईएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।
गाउँपालिका भित्र सन्चालन भएका व्यवसायीलाई पटक–पटक सुचना गर्दा पनि दर्ता वा सुचिकृत हुन नआए पश्चात अभियानकै रूपमा दर्ता गरिएको आर्थिक विकाश शाखा प्रमुख प्रदिप न्यौपानेले बताए । पहिलो चरण अन्तरगत वडा नम्बर १, २ र ३ वडामा होटल, किराना, कृषि, मासुपसल, स्टेशनरी, परामर्श लगायत सन्चालनमा रहेका व्यवसायी दर्ता तथा सुचिकृत गिरएको अधिकृत न्यौपानेले बताए ।

तीन वटै वडामा गरि १ सय ५ भन्दा वढि सुचिकृत र दर्ता भएका र अन्य वडामा दशै लगत्तै उद्योग वाणिज्य संघ थर्पु ईकाइसँग समन्वय गरि कार्यतालिका बनाएर अभियान सन्चालन हुने अधिकृत न्यौपानेले जानकारी दिए । व्यवसाय नयाँ दर्ताका लागि तत्काल वडा कार्यालयवाट सिफारिस लिने र सुचिकृतका लागि अन्यत्र सरकारी निकायमा दर्ताका कागजपत्रका अधारम हुने छ । सोहि अवधिमा व्यवसायीको सहजका लागि फोटोकपि लगायतका कार्य निःशुल्क हुने छ ।

थर्पु वजार ईकाइ समितिका सभापति शुन्दरमणी अधिकारीले गाउँपालिकाले व्यवसायीको हितमा कार्य गर्ने र कानुनी दायरामा ल्याउन सुचना प्रकाशन गरेपश्चात व्यवसायि सस्था सहयात्री भएको बताए । स्थानिय सरकारसग गाउँपालिका भित्र सन्चालन हुने उद्योगी व्यवसायीको प्रत्यक्ष सलग्नता हुनेहुँदा दर्ता र सुचिकृत गर्ने अभियानमा सहकार्य गरेको अधिकारीले बताए ।

उद्योगी व्यवसायी उत्साहका साथ आफ्ना जनप्रतिनिधि, कर्मचारी, व्यवसायी एक्कैसाथ दर्ता तथा सुचिकृत अभियानमा हिडेपछि निकै खुसिका साथ दर्ता भएका छन् । मगलवार वडा नम्बर ३ को धयँरे बजारमा सन्चालन भएको व्यवसाय दर्ता अभियानमा ३५ भन्दा वढिले प्रमाणपत्र लिएका छन् । होटल व्यवसायी धनमाया आलेले कर्मचारी, वडाका जनप्रतिनिधि एक्कै स्थानवाट सेवा दिदा सहज भएको र गाउँपालिकामा दर्ता गर्न जानुपर्ने झन्झट अन्य भएको बताईन् ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गलेश्वर आश्रमको वार्षिकोत्सव तथा गलेश्वर बाबाको स्मृति दिवस मनाइने

देवघाट । जेठ ३१ देवघाट गाउँपालिका–५ मा रहेको गलेश्वर आश्रमको शतबार्षिकोत्सव तथा आश्रमका संस्थापक तपस्वी

अन्तर्राष्ट्रिय रक्तदाता दिवसमा देवघाटमा १५० जनाको रक्त समूह परीक्षण

देवघाट । जेठ ३१ अन्तर्राष्ट्रिय रक्तदाता दिवस–२०८३ को अवसरमा देवघाटधाम जेसीजको आयोजनामा रक्त समूह परीक्षण