श्रमिक सहकारीको साधारणसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, असोज १४

व्यास नपा–२ स्थित श्रमिक बचत तथा ऋण सहकारी संस्थाको १३ औं साधारणसभा कार्यक्रम सोमबार सम्पन्न भएको छ ।

साधारणसभाको उद्घाटन गर्दै व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपानेले सहकारी संस्थाहरुले जनताको विश्वास जित्नुपर्ने बताए । सहकारीले राज्यको नीति नियमको पालना गरि सन्चालन हुनुपर्ने मेयर न्यौपानेले बताए ।

विशिष्ट अतिथी म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले सहकारी संस्थाले निम्न वर्गका शेयर सदस्यहरुको आर्थिक उत्थानमा लाग्नुपर्ने बताए । श्रमको क्षेत्रमा रहेका व्यक्तिहरुलाई धेरै भन्दा धेरै सहकारीमा आबद्ध गराई उनीहरुलाई आर्थिक मुलधारमा ल्याउनुपर्ने अध्यक्ष श्रेष्ठले बताए ।

जिल्ला सहकारी संघ तनहुँका अध्यक्ष प्रदिपराज अधिकारीले सहकारी संस्थाहरु आर्थिक पारदर्शिताका साथ सन्चालन हुनुपर्ने बताए । संस्थालाई अझ सुदृढ बनाउन संस्थामा सुशासन लागुहुनुपर्ने अधिकारीको भनाई थियो ।

सहकारीका अध्यक्ष भिम गुरुङले सहकारीको कार्यक्षेत्र तनहुँ जिल्ला भर रहेको हुँदा अव क्रमशः सबै पालिकामा सेवा क्षेत्र विस्तार गर्ने बताए ।

सहकारीका अध्यक्ष भिम गुरुङको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा सहकारीका पुर्व अध्यक्षद्वय इन्द्रबहादुर थापा र सोमबहादुर आले, जिल्ला कृषि सहकारी संघका पुर्व अध्यक्ष राजेश्वर ढकाल लगायतले मन्तव्य राखेका थिए ।

उक्त कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक विष्णुप्रसाद वाग्ले, सचिव खष्टिराम थापा, कोषाध्यक्ष हिरा खातीले प्रस्तुत गरेको प्रतिबेदन सुझाव सहित पारित गरिएको थियो ।

कार्यक्रमको सन्चालन सचिव खष्टिराम थापाले र स्वागत मन्तव्य लेखा सुपरिवेक्षण समितिका सदस्य शेष महम्मद हनिफ गोरा मियाले राखेका थिए । सो अवसरमा उत्कृष्ट शेयर सदस्य हुनुहुने मन्सुर महमदलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता