प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा न्यौपानेद्वारा १५ हजार सहयोग

Devghat Online

शेयर गरौ

असोज १७, चितवन

प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका सदस्य सञ्जिव न्यौपानेले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत असोज १२ गते परेको जन्मदिनको अवसर पारेर न्यौपानेले पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनले पत्रकारहरुको भलाईका लागि स्थापना गरेको कोषमा सो रकम सहयोग गरेका हुन् ।

न्यौपानेले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागिता जनाएको बताए । पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पु¥याउन तथा संस्थागत उन्नयनमा कल्याणकारी कोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले न्यौपानेले गरेको आर्थिक सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दै सन्देशका हिसाबले महत्वपूर्ण भएको बताए ।

चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । गत बर्षबाट स्थापना गरिएको कोषमा हालसम्म १ लाख ४० हजार रकम संकलन भैसकेको छ । कोषलाई न्यूनत्तम २ लाख रुपैयाँ यो बर्ष भित्र नै पु¥याउने लक्ष्य राखेको पण्डितले बताए । प्रेस चौतारी चितवन पेशागत श्रमजीवि पत्रकारहरुको सबैभन्दा ठूलो संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु