प्रेस चौतारी चितवन पत्रकार कल्याणकारी कोषमा न्यौपानेद्वारा १५ हजार सहयोग

Devghat Online

शेयर गरौ

असोज १७, चितवन

प्रेस चौतारी चितवनले स्थापना गरेको पत्रकार कल्याणकारी कोषमा प्रेस चौतारी चितवनका सदस्य सञ्जिव न्यौपानेले १५ हजार रुपैयाँ सहयोग गरेका छन् । गत असोज १२ गते परेको जन्मदिनको अवसर पारेर न्यौपानेले पत्रकारहरुको संगठन प्रेस चौतारी चितवनले पत्रकारहरुको भलाईका लागि स्थापना गरेको कोषमा सो रकम सहयोग गरेका हुन् ।

न्यौपानेले चौतारी चितवनले समस्यामा पर्न सक्ने पत्रकारलाई सहयोग गर्ने उद्देश्यले कोषको स्थापना गरेकोले आफ्नो तर्फबाट सानो भए पनि सहभागिता जनाएको बताए । पत्रकारहरूको पेशागत हकहित, पत्रकारिता क्षेत्रको विकासमा टेवा पु¥याउन तथा संस्थागत उन्नयनमा कल्याणकारी कोषले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे । प्रेस चौतारी चितवनका अध्यक्ष पण्डितले न्यौपानेले गरेको आर्थिक सहयोगले संगठनको उद्देश्य प्राप्तिमा थप हौसला मिलेको भन्दै सन्देशका हिसाबले महत्वपूर्ण भएको बताए ।

चौतारी चितवनका अध्यक्ष पण्डितका अनुसार पत्रकारिता पेसामा निरन्तर लागिरहेका पत्रकारहरूलाई असहज अवस्था सिर्जना हुँदा आर्थिक रूपमा सहयोग गर्ने, उत्कृष्ट कार्य गरे बापत पुरस्कार तथा सम्मान गर्ने र संगठनलाई चलायमान बनाउने मुख्य उद्देश्य राखेर उक्त कोष स्थापना गरिएको हो । गत बर्षबाट स्थापना गरिएको कोषमा हालसम्म १ लाख ४० हजार रकम संकलन भैसकेको छ । कोषलाई न्यूनत्तम २ लाख रुपैयाँ यो बर्ष भित्र नै पु¥याउने लक्ष्य राखेको पण्डितले बताए । प्रेस चौतारी चितवन पेशागत श्रमजीवि पत्रकारहरुको सबैभन्दा ठूलो संगठन हो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

भिमादमा प्रहरीको ज्यादतीः घटनामा संलग्न नै नभएका एमाले नेता विरुद्ध ज्यान मार्ने उद्योगमा मुद्धा

तनहुँ । साउन २६ इलाका प्रहरी कार्यालय भिमादले घटनामा संलग्न नै नभएका एमालेका नेता विरुद्ध

बन्दीपुर गाउँपालिकाका बासिन्दाले मनकामना अस्पतालमा उपचार छुट पाउने

तनहुँ । साउन २६ बन्दीपुर गाउँपालिकाका नागरिकहरूले चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा उपचार गराउँदा विशेष छुट

सात क्याम्पसहरूद्वारा ‘उच्च शिक्षा सञ्जाल, नेपाल’ गठनः संस्थागत सहकार्यका लागि सम्झौता

तनहुँ । साउन २६ देशका प्रमुख सात वटा सामुदायिक क्याम्पसहरूले आपसी संस्थागत सहकार्य र गुणस्तरीय