कमलबारीमा भेटियो १० फुटको अजिङ्गर

Devghat Online

शेयर गरौ

दमौली, असोज १७

व्यास नपा–१२ कमलबारी स्थित निर्माणाधिन पृथ्वीराजर्मागको नालिमा बुधबार दिउँसो भेटिएको १० फिट चार इन्च लामो अजिङ्गर भेटिएको छ । उक्त अजिङ्गरलाई उद्धार गरि सुरक्षित स्थानमा छोडिने छ ।

निर्माणाधिन सडकको नालीमा स्थानीय बासिन्दाले अजिङ्गर फेला पारेपछि डिभिजन वन कार्यालयमा खबर गरेका थिए । डिभिजन वन कार्यालयबाट उद्धारकर्मीहरु गई उक्त अजिङ्गरलाई कार्यालयमा ल्याएका थिए ।

सवारी चालक अर्जुनकुमार श्रेष्ठ, शसस्त्र वन रक्षक सूर्य सुवेदी, शसस्त्र वन रक्षकहरु कृष्ण कैनी, रामकाजी अधिकारी, गुननारायण श्रेष्ठ लगायतको टोलीले अजिङ्गरको उद्धार गरेको थियो । उक्त अजिङ्गरलाई सुरक्षित स्थानमा छाडिने डिभिजन वन अधिकृत राजकुमार श्रेष्ठले बताए ।

२०८१ साल सुरु भएयता जिल्लामा चार वटा अजिङ्गरको उद्धार गरिसकिएको बन अधिकृत श्रेष्ठले बताए । राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अनुसार अजिङ्गरलाई संरक्षित सरिसृपको रुपमा लिइन्छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि

युवा रेडक्रस सर्कल आदिकविद्वारा रक्तदान कार्यक्रम आयोजना, ७८ पिन्ट रगत सङ्कलन

तनहुँ । बैशाख २५ विश्व रेडक्रस दिवसको अवसरमा युवा रेडक्रस सर्कल आदिकवि भानुभक्त क्याम्पसको आयोजनामा

बन्दीपुर अस्पतालमा थप सेवा सञ्चालन, स्वास्थ्य सुविधा मजबुत बन्दै

तनहुँ । बैशाख २५ बन्दीपुर गाउँपालिका द्वारा सन्चालित बन्दीपुर अस्पतालमा पछिल्लो दिनहरुमा बिभिन्न स्वास्थ्य सेवाहरु