नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर

Devghat Online

शेयर गरौ

काठमाडौं, मंसिर १८

नेपाल र चीनबीच ८ सहमतिपत्रमा हस्ताक्षर भएको छ ।

चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङको उपस्थितिमा दुई देशका अधिकारी बीच आज ८ बुँदे सहमतिपत्रमा हस्ताक्षर भएको हो ।

दुई देशबीच पारस्परिक सहयोग अभिवृद्धि तथा विभिन्न विकास परियोजनामा ती सहमति आधारित रहेको भ्रमण मण्डलले बताएको छ ।

ओलीले आजै चिनियाँ राष्ट्रपति सी जिनपिङसँग पनि भेट्ने छन् ।

यी हुन् नेपाल र चीनबीच भएका सहमति र समझदारीः

परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालले दिएको जानकारी अनुसार ९ विषयमा सहमति समझदारी पत्रमा हस्ताक्षर भएको हो ।

टोखा छहरे सुरुङमार्ग सम्बन्धी पत्रको आदानप्रदान
नेपाल चीन व्यापार अभिवृद्धि सम्बन्धी समझदारी पत्र
नौ तले बसन्तपुर दरबार पुनर्निर्माण सम्पन्न सम्बन्धी प्रमाणपत्र आदानप्रदान
फर्मली प्रोसेस्ड बफेलो मिट निर्यात सम्बन्धी प्रोटोकल
विकास योजना सम्बन्धी समझदारी पत्र
आर्थिक तथा प्राविधिक सहयोग सम्बन्धी समझदारी पत्र
नगद सहयोग सम्बन्धी पत्र आदानप्रदान
स्वयंसेवी चिनियाँ भाषा शिक्षक सम्बन्धी समझदारी पत्र र
नेपाल टेलिभिजन र चाइना मिडिया ग्रुप बीच सञ्चार प्रविधि सम्बन्धी समझदारी पत्र

आज बिहान प्रधानमन्त्री केपी शर्मा ओली र चिनियाँ समकक्षी ली छ्याङबीच दुईपक्षीय भेटवार्ता भएपछि दुई देशका अधिकारीहरुले सहमति र समझदारी पत्रमा हस्ताक्षर गरेका थिए ।

ग्रेट हल अफ दी पिपुलमा भएको दुई पक्षीय वार्ताले दुई देशको सम्बन्धलाई अझ उचाइमा लग्न सहयोग पुगेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

खासगरी कनेक्टिभिटी, इण्डस्ट्रियल डेभलपमेन्ट, इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट, मेडिकल कोअपरेसन, एग्रिकल्चर, ट्रेड, टुरिजम, इन्भेष्टमेन्ट, साइन्स एण्ड टेक्नोलोजी, स्पोर्टस् , डिजास्टर म्यानेजमेन्ट, पिपुल टु पिपुल कन्ट्याक्ट र गरिबी निवारण लगायतका विषयमा सहयोग अदान प्रदान गर्ने विषयमा सहमति र समझदारी भएको परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा