भानुको डाँडाथोकमा करिब ३० लाखको लागतमा महादेव मन्दिर निर्माण

Devghat Online

शेयर गरौ

दमौली, पुस ७

भानु नपा–६ डाँडाथोकमा करिब ३० लाखको लागतमा कैलाशेश्वर महादेवको मन्दिर निर्माण गरिएको छ । मन्दिर र मन्दिर परिसरमा रहेको अन्य संरचना निर्माणमा उक्त रकम खर्च भएको मन्दिरका सल्लाहाकार जगत खड्काले बताए ।

उक्त मन्दिरको हालै पुर्वमन्त्री तथा बारा क्षेत्र नम्बर ४ का सांसद कृष्णकुमार श्रेष्ठ किसानले उद्घाटन गरेका थिए । मन्दिर निर्माणकोलागि सांसद श्रेष्ठको पहलमा संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड््ययन मन्त्रालयले एकमुष्ठ २७ लाख रुपैयाँ विनियोजन गरेको थियो । त्यसैगरि उक्त वडामा रहेको भंगेरी आमा समुहले देउसी भैलो खेलेर संकलन गरेको ४० हजार रुपैयाँ पनि उक्त मन्दिर निर्माणकोलागि उपलब्ध गराईएको थियो ।

त्यस्तै हजुरवा, हजुर आमा र भाईको स्मृतिमा भानु–६ का सांसद श्रेष्ठका स्वकिय सचिव समेत रहेका जगतबहादुर खड्काले २१ ह्जार ५५५ रुपैयाँ उपलब्ध गराएका थिए । त्यसैगरि विभिन्न संघ संस्था र व्यक्तिहरुले पनि उक्त मन्दिर निर्माणकालागि आर्थिक सहयोग उपलब्ध गराएका थिए । ५ हजार रुपैयाँ भन्दा बढि आर्थिक सहयोग गर्ने व्यक्ति तथा संघ संस्था र समुहको नाम शिलालेखमा राखिएको सल्लाहाकार समेत रहेका खड्काले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

जातीय पोशाकमा सजिएर मत माग्दै केन्द्रीय सदस्यका उम्मेदवार रेशम

तनहुँ । असोज २० नेपाली काँग्रेसको केन्द्रीय सदस्यमामा आदिवासी जनजाती समुहबाट उम्मेदवारी दिएका तनहुँका रेशमलाल

पत्रकार पौडेल नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधिमा उम्मेदवार

तनहुँ । असोज ११ नेपाली काँग्रेसको १५ औं महाधिवेशन अन्तर्गत महाधिवेशन प्रतिनिधिमा सञ्चारकर्मी नविनराज पौडेलले