दमौली, पुस ८
नेपाल राष्ट्रिय शिक्षक संगठन भानु नगर समितिको अध्यक्षमा चिजकुमार सुर्खाली चयन भएका छन् । उक्त संगठनको हालै सत्यबतीदेवी आधारभुत बिद्यालय भानु नपा–१ मा सम्पन्न भएको तेश्रो नगर अधिबेशनले सुर्खालीको अध्यक्षतामा नगर कार्यसमिति सर्वसम्मत रुपमा चयन गरेको छ ।
नगर समितिको उपाध्यक्षमा हरिशरण अधिकारी, महिला उपाध्यक्षमा सरस्वती रानाभाट, सचिवमा सन्तोष खड्का, कोषाध्यक्षमा प्रकाश जिसि, सहसचिवमा सुष्मा राना र सह कोषाध्यक्षमा विष्णु नेपाली चयन भएका छन् ।
यसैगरि सदस्यहरुमा विकास पण्डित, बलराम गौली, हरि खत्री, दिपा गैरे, दिपक थापा, शर्मिला केसी, यमुना न्यौपाने, मदन थापा मगर, शिव शाही, लक्ष्मण खत्री, आशिष सुर्खाली, सविता खनाल र दिपा कार्की चयन भएका छन् ।
नगर समितिका अध्यक्ष रिदय भट्टको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको नेपाल राष्ट्रिय शिक्षक संगठनका गन्डकी प्रदेशका अध्यक्ष रोमहर्शण पौडेलले उद्घाटन गरेका थिए । उक्त कार्यक्रममा संगठनका गन्डकी प्रदेश उपाध्यक्ष बलराम रानाभाट, महासचिब ध्रुबराज सिग्देल, नेकपा एमाले भानु नगर कमिटिका अध्यक्ष शंकर रानाभाट लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा अतिथी वक्ताहरुले नेपाल राष्ट्रिय शिक्षक संगठन शिक्षक हरुको पहिलो र परिणाम मुखी नतिजा निकालेको गर्बिलो संगठन रहेको भन्दै अतिथीहरुले नगरको शैक्षिक विकासमा केन्द्रित हुनुपर्नेमा जोड दिएका थिए । उक्त कार्यक्रमको सन्चालन सचिब हरिशरण अधिकारीले स्वागत मन्तव्य संगठनका उपाध्यक्ष चिज कुमार सुर्खालीले गरेका थिए ।
उक्त अधिवेशनमा भानु नगरपालिकाको शैक्षिक सुधारको निमित्त तथा शिक्षकका काम कर्तव्य र अधिकार प्रती सबै सजग र जिम्मेवार हुनुपर्ने विषयमा छलफल भएको निवर्तमान अध्यक्ष रिदय भट्टले बताए । नगरपालिका केन्द्रित हरेक कार्यक्रममा संगठनलाई समाबेश गराएकोमा नगर प्रमुख, नगर शिक्षा अधिकारी, सामाजिक बिकास समितिका संयोजकलाई पनि कार्यक्रमका अध्यक्ष भट्टले धन्यवाद दिए ।
उक्त कार्यक्रममा प्रदेश समिती, जल्ला समिती र भानु नगर भित्रका विभिन्न बिद्यालयका उल्लेख्य शिक्षकहरुको सहभागिता रहेको थियो ।