म्याग्दे गाउँपालिकाको १७ औं गाउँसभा सम्पन्न

Devghat Online

शेयर गरौ

दमौली, पुस ८

म्याग्दे गाँउपालिकाको १७ औं गाउँसभा सोमबार सम्पन्न भएको छ । हिउँदे सभाको रुपमा लिइने उक्त गाउँसभाले यस अघिको गाउँसभाबाट पारित कार्यक्रम कार्यान्वयन गर्नुका साथै केही पुरक कार्यक्रमहरु समेत पारित गरेको छ । गाउँसभाको १७ औं अधिवेशनमा गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरक कार्यक्रमहरु प्रस्तुत गरेका थिए ।

म्याग्दे गाउँपालिकालाई आगामी पाँच वर्ष भित्रमा स्मार्ट र नगरोन्मुख बनाइने लक्ष्यका साथ काम भईरहेको अध्यक्ष श्रेष्ठले बताए । गाँउपालिकालाई स्मार्ट तथा नगरोन्मुख बनाउन ५ वर्ष भित्र निरन्तर कार्यान्वयन गर्ने गरि लागत साझेदारीमा भवन निर्माण तथा सडक कालोपत्रे, अध्यक्ष र उपाध्यक्षसँग जनता कार्यक्रम, एक घर एक व्यवसाय तथा स्वरोजगार कार्यक्रम, अति गरिब विपन्न आवास निर्माण योजना, ढल सडक सरसफाई, खानेपानी, गुणस्तरीय शिक्षा, स्वास्थ्यको उच्चतम प्रयोग, मानव संसाधन विकास, सुचना प्रविधिको उच्चतम प्रयोग, आर्थिक समाजिक रुपान्तरण, उत्पादन तथा उत्पादकत्व वृद्धिमा जोड दिई जलवायु र वातावरण मैत्री दिगो विकास गरिने अध्यक्ष श्रेष्ठले बताए ।

कृषि विकास तथा कृषि प्रसारलाई प्रोत्साहन गर्न उपाध्यक्षसँग कृषि कार्यक्रम, आली देखि नालीसम्म, खाद्य स्वच्तता कायम गर्न वसे पनि शहर गाँउकै खाने रहर नारालाई व्यवहारिक कार्यन्वयनका लागी कोदोको मम,कोदोको सेल, कोदाको रक्सी, फापरको रोटी, सिस्नुको सुप, बेलको जुस उत्पादन, वजारीकरण गरिने उपाध्यक्ष बालकृष्ण घिमिरेले बताए ।

यसैगरि स्थानीय सीप श्रोत, साधन एवं प्रविधिको प्रयोगलाई वढावा दिईने, व्यवसायिक उत्पादन गर्न अग्रसर गराउने, स्थानिय वन पैदावर, प्राकृतिक स्रोत साधन, जडिवुटिमा आधारित उद्योगहरु स्थापना गर्ने पर्यटन, सहकारी विकास, वैक तथा वित्तिय क्षेत्रका विषयलाई प्राथमिकता दिइने गाउँपालिकाको मुख्य नीति रहेको प्रमुख प्रशासकीय अधिकृत नारयणप्रसाद अधिकारीले बताए ।

साथीवाट सिक्ने, साथीलाई सिकाउने, म र मेरो स्वास्थ्य मेरो जिम्मेवारी कार्यक्रम, युवा तथा खेलकुद, महिला तथा वालवालिका र लक्षित वर्गको उत्थानमा विशेष जोड दिइने, अपाङ्गता, जेष्ठ नागरिक र अन्य तर्फका कार्यक्रमलाई अगाडी वढाईने, खानेपानी तथा सरसफाई र फोहारेमैला व्यवस्थापन तर्फ प्रदेश सरकार र गाँउपालिकाको एउटै नाराको रुपमा रहेको एक घर एक धाराको नितिलाई कार्यान्वयन गरिने अध्यक्ष श्रेष्ठले बताए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

लोककल्याणकारी विज्ञापनका लागि व्यास नगरपालिकाद्वारा सञ्चार माध्यमलाई सूचीकृत हुन आह्वान

तनहुँ । साउन १८ तनहुँको व्यास नगरपालिकाले आ.व.२०८३/०८४ मा लोककल्याणकारी विज्ञापन वितरण कार्यक्रमका लागि स्थानीय

चुनावी प्रतिबद्धता स्मरण गराउँदै फिरफिरेका युवाद्वारा सांसद न्यौपानेलाई बुझाए ध्यानाकर्षण पत्र

तनहुँ । साउन १७ शुक्लागण्डकी नगरपालिका–१२, फिरफिरेका युवाहरूले तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य