प्युघरफाँटमा आबुखैरेनी गाउँपालिका वडा नं ६ को सेवा कार्यालय

Devghat Online

शेयर गरौ

आबुँखैरेनी, पुस ८

आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ को सेवा कार्यालय प्युघरफाटमा स्थापना गरिएको छ । उक्त सेवा कार्यालयको सोमबार आबुँखैरेनी गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले उद्घाटन गरे ।

सो अवसरमा बोल्दै अध्यक्ष चुमानले सेवा कार्यालयले जनतासँगको गाउँ पालिकाको निकटता बढाउने र प्रशासनिक सेवा प्रणालीलाई अझ प्रभावकारी बनाउने बताए । उनले यस कार्यालयले जनतालाई एक स्थानबाट सहज र छिटो सेवा प्रदान गर्ने व्यवस्था गर्ने भन्दै सेवा कार्यालय खोल्नुकाे प्रमुख उद्देश्य भनेको जनतालाई स्थायी र दीर्घकालिक रूपमा सेवा दिने भएको बताए ।

वडा नम्बर ६ का वडा अध्यक्ष दिलिप गुरुङको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा गाउँपालिका उपाध्यक्ष दुर्गा अर्याल, प्रमुख प्रशासनिक अधिकृत विष्णु प्रसाद शर्मा, वडा सदस्यहरू, पूर्व जनप्रतिनिधिहरू, समाजसेवी तथा विभिन्न समुदायका सदस्यहरूको उपस्थिती थियो।

सेवा कार्यालय खोल्ने उद्देश्य भनेको हिलेखर्क जाँदा अप्ठ्यारो परिरहेको, प्युघर फाँटको वरिपरिका बस्तीका जनतालाई सहज र छिटो सेवाहरू उपलब्ध गराउने भएको प्रमुख प्रशासकीय अधिकृत शर्माले बताए । उनले सेवा कार्यालयबाट जनतालाई सरकारी सेवा पुर्याउन सुविधाजनक बनाउने र प्रशासनिक प्रक्रियामा सुधार ल्याउने लक्ष्य राखिएको बताए ।

उक्त सेवा कार्यालयबाट नागरिकले साताकाे २ दिन विभिन्न सेवा प्राप्त गर्न सक्ने अध्यक्ष चुमानले बताए । उक्त सेवा कार्यालयबाट बिभिन्न सेवाहरूको पहुँच विस्तार गरिने र जनताको समस्याहरू छिटो समाधान हुने अपेक्षा गरिएको गाउँपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता