चौथो ऋषिङ अल्ट्रा म्याराथन हुने

Devghat Online

शेयर गरौ

विवेक श्रेष्ठ । ऋषिङ, पुस ९

ऋषिङ गाउँपालिकाको आयोजनामा यही पुस २७ गते चौथो ऋषिङ खुल्ला अल्ट्रा म्याराथन हुने भएको छ । ‘ऋषिङ समृद्धिको आधार कृषि संस्कृति, पर्यटन र पूर्वाधार’ भन्ने मूल नाराका साथ उक्त प्रतियोगिता आयोजना गरिएको गाउँपालिकाले जनाएको छ ।

खेलकुदका माध्यमबाट पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले उक्त अल्ट्रा म्याराथनको आयोजना गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताए ।

उक्त प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने लाई क्रमशः रु. ६५ हजार, रु.४० हजार, रु. २५ हजार र रु. १० हजारका साथै मेडल, ट्रफी र प्रमाणपत्र उपलब्ध गराइने गाउँपालिकाका अध्यक्ष श्रेष्ठले जानकारी दिए ।

म्याराथनमा सहभागी हुन चाहने धावकले यही पौष २६ गते कार्यालय समय भित्र फाराम भर्न सक्नेछन् । उक्त म्याराथन धारुङ भञ्ज्याङ (ऋषिङ प्रवेशद्वार) देखि दौड सुरु भई रानीपोखरी, पुरानथोक, वडा नं ७ को कार्यालय, अर्खलाछाप, काफलडाँडा, पुरानो ऋषिङ (चालिसे) पोखरीभञ्ज्याङ, गोठादी, ढुङ्गाडे, भिरकोट अर्चल्दी, मौरीबास, दाङसिरी हुँदै दुबुङकोट भ्यू टावरमा पुगेर समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

मानव अधिकारसम्बन्धी कार्ययोजनाको सङ्घीय समन्वय समितिमा गौतम, डाँगी र विश्वकर्मा मनोनीत

काठमाडौँ । भदौ ३० गते नेपाल सरकारले मानव अधिकारसम्बन्धी छैटौँ राष्ट्रिय कार्ययोजना ९आर्थिक वर्ष २०८३/०८४–२०८७/८८०

श्रीकृष्ण प्रणामी युवा परिषद् गण्डकी–लुम्बिनी प्रदेशको पाँचौँ साधारणसभा त्रिवेणीधाममा सम्पन्न

नवलपरासी । भदौ २७ श्रीकृष्ण प्रणामी युवा परिषद् नेपाल, गण्डकी–लुम्बिनी संयुक्त प्रदेश समितिको पाँचौँ वार्षिक

घिरिङले ग र घ वर्गका अपाङ्गता भएका व्यक्ति तथा अभिभावकको स्वास्थ्य विमा निःशुल्क गर्ने

तनहुँ । भदौ २५ घिरिङ गाउँपालिकाले पालिकाभित्रका ‘ग’ र ‘घ’ वर्गको अपाङ्गता परिचयपत्र प्राप्त अपाङ्गता