देवघाटको बराह आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस ९

देवघाट गाउँपालिका–५ देवपुर स्थित बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सारथी टुगेदर फर नेपाल जर्मनी नामक संस्थाले उक्त विद्यालयका ८३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्दै बराह आधारभुत विद्यालयको विद्यार्थीको शैक्षिक गुणस्तर बढ्दै गएको बताए । उपाध्यक्ष गुरुङले विद्यालयको भौतिक पुर्वाधारको विकासकोलागि गाउँपालिकाले प्रक्रिया पु¥याएर रकम उपलब्ध गराउने बताए ।

गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछानेले बराह आधारभुतको विद्यार्थी संख्या तथा विद्यार्थीको शैक्षिक गुणस्तर हेरि शैक्षिक दरबन्दी थप गर्ने बताए । उनले देवघाटका अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि सहयोग गर्न सारथी टुगेदर फर नेपाल जर्मनी संस्थालाई अनुरोध गरे ।

उक्त कार्यक्रममा कार्यक्रममा देवपुर टोल विकास सस्थाका अध्यक्ष सुकु गुरुङ, विद्यालयका प्रअ सोम बहादुर थापा, सारथी टुगेदर फर नेपाल जर्मनी संस्थाकाका प्रतिनिधि नारायण पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

गण्डकी कोटिहोमः बुद्ध पूर्णिमा विशेष समारोह, आजसम्म ५०० बटुकको ब्रतबन्ध १०० जेष्ठ नागरिकको चौरासी पूजा

पोखरा । बैशाख २९ पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज

कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर गिभर तालिम सम्पन्न

अन्जान परियार । घरिङ, बैशाख २९ घिरिङ गाउँपालिका–१ पुट्टारमा रहेको कालीगण्डकी बहुप्राविधिक शिक्षालयमा निःशुल्क केयर

घिरिङको कृष्ण माविमा शिक्षकहरूका लागि शैक्षिक सामग्री निर्माण सम्बन्धी कार्यशाला

तनहुँ । बैशाख २९ घिरिङ गाउँपालिका–१ स्थित कृष्ण माध्यमिक विद्यालयमा आधारभूत तहमा अध्यापनरत शिक्षकहरूका लागि