देवघाटको बराह आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो कपडा वितरण

Devghat Online

शेयर गरौ

विष्णु मगर । देवघाट, पुस ९

देवघाट गाउँपालिका–५ देवपुर स्थित बराह आधारभुत विद्यालयका विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरिएको छ । सारथी टुगेदर फर नेपाल जर्मनी नामक संस्थाले उक्त विद्यालयका ८३ जना विद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेको थियो ।

विद्यालयमा मंगलबार आयोजित कार्यक्रममा प्रमुख अतिथि देवघाट गाउँपालिका उपाध्यक्ष भुवन सिंह गुरुङले विद्यार्थीहरुलाई न्यानो कपडा प्रदान गर्दै बराह आधारभुत विद्यालयको विद्यार्थीको शैक्षिक गुणस्तर बढ्दै गएको बताए । उपाध्यक्ष गुरुङले विद्यालयको भौतिक पुर्वाधारको विकासकोलागि गाउँपालिकाले प्रक्रिया पु¥याएर रकम उपलब्ध गराउने बताए ।

गाउँपालिकाका शिक्षा तथा खेलकुँद शाखाका प्रमुख होमनाथ लामिछानेले बराह आधारभुतको विद्यार्थी संख्या तथा विद्यार्थीको शैक्षिक गुणस्तर हेरि शैक्षिक दरबन्दी थप गर्ने बताए । उनले देवघाटका अन्य विद्यालयका विद्यार्थीहरुलाई पनि सहयोग गर्न सारथी टुगेदर फर नेपाल जर्मनी संस्थालाई अनुरोध गरे ।

उक्त कार्यक्रममा कार्यक्रममा देवपुर टोल विकास सस्थाका अध्यक्ष सुकु गुरुङ, विद्यालयका प्रअ सोम बहादुर थापा, सारथी टुगेदर फर नेपाल जर्मनी संस्थाकाका प्रतिनिधि नारायण पुरी, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकराज सापकोटाले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

बाढीपीडितकालागि आदिकवि क्याम्पसद्वारा १ लाख ३५ हजार भन्दा बढी प्रधानमन्त्री राहत कोषमा जम्मा

तनहुँ । भदौ १८ गत भदौ १० गते रसुवा जिल्लास्थित भोटेकोशी नदीमा आएको महाविनाशकारी बाढीका

ट्याक्सीमा लुकाइ ल्याएको १७ किलोभन्दा बढी गाँजासहित ४ जना पक्राउ

तनहुँ । भदौ १८ बन्दीपुर गाउँपालिका–४, ठुलोढुङ्गामा मुग्लिनबाट दमौलीतर्फ आउँदै गरेको ट्याक्सीलाई जाँच गर्ने क्रममा

व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा जोड्न ‘कृष्ण कृष्ण’ भजन सार्वजानिक

तनहुँ । भदौ १७ तनहुँको धार्मिक, ऐतिहासिक तथा प्राकृतिक पहिचान बोकेको व्यास–पराशर क्षेत्रलाई सांस्कृतिक रूपमा

घर–घरमा पुगेर विद्यार्थीको सिकाई अवस्था बुझ्दै बेनीमित्र विद्यालयका शिक्षक

तनहुँ । भदौ १७ व्यास नगरपालिका–१३, बेनीकोटस्थित बेनीमित्र आधारभूत विद्यालयले विद्यार्थीको शैक्षिक अवस्था, घरको सिकाइ