व्यास नगरपालिकाबाट राष्ट्रिय परिचय पत्र वितरण

Devghat Online

शेयर गरौ

दमौली, पुस ९

व्यास नगरपालिकाले राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको छ । नगरपालिकाले मंगलबारबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरेको हो । नगर प्रमुख वैकुण्ठ न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजित विशेष समारोहमा परिचयपत्र वितरण कार्यक्रमको औपचारिक सुरुवात गरेको हो ।

नगरपालिका हलमा आयोजित कार्यक्रममा उप प्रमुख इन्दिरा दरै, प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापा, सहायक प्रमुख जिल्ला अधिकारी जितबहादुर भण्डारी, निमित्त प्रमुख प्रशासकीय अधिकृत लगायत अन्य पदाधिकारीहरूको उपस्थिति थियो ।

समारोहमा नगर प्रमुख न्यौपानेले राष्ट्रिय परिचय पत्र वितरण कार्यले नागरिकको पहिचानलाई थप व्यवस्थित र प्रभावकारी बनाउने विश्वास व्यक्त गरे । साथै, उनले नागरिकलाई परिचय पत्र प्राप्त प्रक्रियामा सहजीकरण गर्न सबै कर्मचारी र सम्बन्धित निकायहरूलाई निर्देशन दिएका छन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारीले थापाले राष्ट्रिय परिचयपत्र वितरणले डिजिटल प्रशासनको दिशामा महत्वपूर्ण कदम हुने बताए । पहिलो चरणमा नगरपालिकाभरका नागरिकहरूको विवरण संकलन गरी परिचय पत्र वितरण गरिने र यो प्रक्रिया छिट्टै सम्पन्न गर्ने लक्ष्य लिइएको छ । यो सँगै तनहुँको भानु नगरपालिका बाहेक अन्य सबै पालिकाबाट राष्ट्रिय परिचयपत्र वितरण कार्य सुरु गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा