बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीयको दवाव

Devghat Online

शेयर गरौ

दमौली, पुस ११

बुद्धसिंह मार्गमा पर्ने पाँच वटा पुलको निर्माण कार्यलाई गति दिन स्थानीय समुदायले दवाव दिएका छन् । बुधबार बन्दिपुर गाउँपालिका वडा नम्बर ६ स्थित सिद्धबाबा बाबा समूहको भवनमा भेला भएका स्थानीय बासिन्दाहरुले बुद्धसिंह मार्गको विभिन्न स्थानमा बन्दै गरेको वा बन्ने प्रक्रियामा रहेको पाँच वटा मोटरेवल पुलको निर्माण कार्यलाई गति दिन माग गरेका छन् ।

उक्त मार्गमा रहेका नदी खोलामा पुल निर्माणकोलागि दवाव दिन स्थानीय स्तरबाट गठित संघर्ष समितिका संयोजक सिद्धान्त गर्जा मगरले राज्यको उदासिनता र ठेकेदारको लापरवाहीको कारण घुमाउनेमा निर्माणाधिन पुल ११ वर्षदेखी अलपत्र रहेको बताए । उनले घुमाउने पुल सहित सुँढेखोला पुल, ढाँडखोला पुल, खानी खोला पुल, बगर खोला पुल र भुतखोला पुलको निर्माणमा ढिलासुस्ती भएको हुँदा अव उक्त ढिलासुस्ती अन्त्य गर्न स्थानीय जनताले दवाव दिने बताए ।

उक्त कार्यक्रममा संघर्ष समितिका संयोजक गर्जा मगरले ग्रामिण क्षेत्रका सर्वसाधण जनतालाई जे गरेपनि हुन्छ भन्ने मानसिकताले निर्माण कार्यमा ढिलाइ भईरहेको बताए । उनले जनजातिहरुको बस्ती रहेको स्थानमा विकास निर्माणको काममा ढिलाई भईरहेको बताए । तनहुँ जिल्लाको यस विकट भेगबाट ठूलाठूला ओहोदाका नेताहरू पाए तर जनताले प्रत्यक्ष अनुभूति हुने गरी विकास अहिलेसम्म पाउन उनले नसकेको बताए । उनले पुल निर्माणकोलागि दवाव दिन आगामी पुस २७ गते घुमाउने पुल निर्माण स्थानमा हजारौं स्थानीय जनताको दवाव भेला आयोजना गरिने बताए ।

उक्त कार्यक्रममा देवघाट क्षेत्र विकास समितिका अध्यक्ष भीमबहादुर राना, नेपाल मगर संघ तनहुँका सचिव जद थापा, पूर्व गाविस अध्यक्ष चन्द्रबहादुर गुरुङ, आबुखैरेनी गाउँपालिका वडा नम्बर ६ का पूर्व वडा अध्यक्ष चुनाराम गुरुङ, बन्दीपुर गाउँपालिका वडा नम्बर ६ का वडा सदस्य मिनबहादुर गुरुङ, साङघाटघाट टोल विकास संस्थाका अध्यक्ष मोहन थापा, देवघाट गाउँपालिका वडा नम्बर ३ ल्हुङग्रीङ टोल विकास संस्थाका अध्यक्ष सुरज राना, गोन्द्राङ सारङघाट टोल विकास संस्थाका अध्यक्ष कृष्णबहादुर आले, गाउँ बेंसी टोल बिकास सांस्था अध्यक्ष जितबहादुर थापा, वाटक टोल विकास संस्थाका अध्यक्ष लालबहादुर गर्जा, नाल्बुङ टोल विकास संस्थाका अध्यक्ष मनबहादुर गुरुङ, क्राङस्वरा टोल विकास संस्थाका अध्यक्ष वीर्खबहादुर थापा, दगारा टोल विकास संस्थाका अध्यक्ष नरबहादुर गुरुङ तथा विभिन्न बुद्धिजीवी तथा विभिन्न क्लबका अध्यक्षहरू र विभिन्न समुदायका वनका अध्यक्षहरू पनि उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा