अपाङ्गता अधिकार सम्बन्धि अभिमुखीकरण तथा बीउ पुँजी वितरण सम्पन्न

Devghat Online

शेयर गरौ

देवघाट, पुस ११

अपाङ्गता महिला सशक्तीकरण समाज दमौलीको आयोजना तथा सामाजिक विकास कार्यलय तनहुँ र देवघाट गाउँपालिकाको सहयोगमा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार सम्बन्धि अभिमुखीकरण तथा बीउ पुँजी वितरण कार्यक्रम विहिबार देवघाट गाउँपालिका वडा नम्बर ५ स्थित सिटिहलमा सम्पन्न भयो ।

सो कार्यक्रममा बोल्दै प्रमुख अतिथि देवघाट गाउँपालिका अध्यक्ष तिलबहादुर थापाले तीन तहका सरकारबाट आर्थिक रुपमा कमजोर भएका अपाङ्गता भएका व्यक्तिलाई बीउ पुँजी तथा अन्य आय आर्जनमा सहयोग गनुपर्ने बताए । उनले देवघाट गाउँपालिकाले अपाङ्गता भएका व्यक्तिहरुलाई सबै प्रकारको सहयोग र सुविधा उपलब्ध गराउने बताए ।

अपाङ्गता महिला सशक्तीकरण समाज दमौलीकी अध्यक्ष सीतादेवी कुँवरको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुले देवघाट गाउँपालिकाको नवनिर्मित भवनमा हालिएको लिफ्ट बालुवामा पानी सरह भएको बताएका थिए । अपाङ्गता भएका व्यक्तिको ह्विलचेयर पनि नअट्ने लिफ्ट बालुवामा पानी सरह भएको अपाङ्गता महिला सशक्तीकरण समाजकी कृष्णा थापाले बताइन् । देवघाट गाउँपालिकाको शौचालय र सिटि हल अपाङ्गता भएका व्यक्तिहरुको लागि उपयुक्त नभएको उनले बताइन् ।

उक्त कार्यक्रममा गाउँपालिकाका उपाध्यक्ष भुवन सिंह गुरुङ, प्रमुख प्रशासकीय अधिकृत दिनेश सारु, अपाङ्गता अधिकारकर्मी मदन पौडेल लगायतले मन्तव्य राखेका थिए । उक्त कार्यक्रममा देवघाटका ५ वटै वडाका जनप्रतिनिधिहरु तथा सबै वडाका जनप्रतिनिहिरुको सहभागिता रहेको थियो । सो कार्यक्रममा ५ वटै वडाका २० जना अपाङ्गता भएका व्यक्तिहरुको आय आर्जनकोलागि बीउ पुजी वितरण गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

देवघाट स्केटपार्कसँग देवघाटधाम जेसीजबीच कर्पोरेट समझदारी, सदस्यहरूलाई खेल शुल्कमा ३५ प्रतिशत छुट

देवघाट । बैशाख १३ देवघाट क्षेत्रको युवामाझ खेलकुद गतिविधिलाई प्रवद्र्धन गर्ने उद्देश्यले देवघाट–५ मा देवघाटका

१० बुँदे प्रस्ताव पारित गर्दै प्रेस चौतारीको केन्द्रीय कमिटी बैठक सम्पन्न

काठमाडौं । बैशाख १३ प्रेस चौतारी नेपालको दशौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीको दोस्रो बैठक