दमौली, पुस १४
जिल्ला अदालतबाट तोकिएको २५० रुपैयाँ जरिवाना भुक्तान नगरिकन हालसम्म फरार रहेका व्यास नपा १० फराकचौरका ५४ वर्षका टिकाबहादुर दरैलाई नौ वर्षपछि प्रहरीले पक्राउ गरेको छ ।
तनहुँ जिल्ला अदालतबाट गत २०७२ बैशाख ३० गतेको फैसलाले जालसाजी मुद्धामा दरैलाई २५० रुपैयाँ जरिवाना तोकिएकोमा दरै उक्त जरिवाना भुक्तान नगरि हालसम्म फरार रहेका थिउ ।
उनलाई खोजतलास गर्ने क्रममा आइतबार आफ्नै घर ठेगानामा पक्राउ गरि सजाय भुक्तानकोलागि जिल्ला अदालतमा बुझाईएको प्रहरीले जनाएको छ ।