तनहुँ महोत्सवको तयारी अन्तिम चरणमा, ९० प्रतिशत स्टल बुकिङ

Devghat Online

शेयर गरौ

दमौली, पुस १८

तनहुँ उद्योग वाणिज्य सङ्घको आयोजना तथा दमौली बजार इकाईको सह आयोजनामा पुस २५ गते देखि माघ ७ गते सम्म हुने नवौं तनहुँ महोत्सव तयारी अन्तिम चरणमा पुगेको छ ।

“तनहुँ महोत्सव हाम्रो आधार, आर्थिक सामाजिक विकासको पूर्वाधार” भन्ने मूल नाराका साथ नवौं तनहुँ कृषि पर्यटन तथा प्रविधि महोत्सवको तयारी अन्तिम चरणमा पुगेको र ९० प्रतिशत स्टल बुकिङ भएको महोत्सवका प्रवक्ता तथा तनहुँ उद्योग वाणिज्य संघका महासचिव सुवोध अधिकारीले जानकारी दिए । महोत्सवमा कृषिलाई पहिलो प्राथमिकता दिईएको आयोजकले जनाएको छ । किसानको उत्पादन बिक्री नहुने, सस्तोमा बेच्नु पर्ने लगायतले गर्दा जामिन बाँझो राख्ने क्रम बढेकाले पेशा संरक्षण गर्न कृषिलाई पहिलो पाथमिकता दिएको तनहुँ उद्योग वाणिज्य सङ्घका अध्यक्ष तथा महोत्सव मुल समारोह समितिका संयोजक वैकुण्ठनाथ मिश्रले जानकारी दिए ।

किसानलाई निशुल्क स्टलको व्यवस्था गरिएको पालिकालाई पत्रचार गरेर निशुल्क ढुवानीको व्यवस्था गर्न पहल कदमी भईरहेको संयोजक मिश्रले बताए । साथै हौसला दिन उत्कृष्ट किसानलाई सम्मान गरिने उनले जानकारी दिए । कृषि क्षेत्रमा भएको उत्पादनको बजारीकरण, नयाँ प्रविधिबारे जानकारी प्रदान गर्नाका साथै व्यावसायिक कृषि पेसामा आबद्ध हुनका लागि युवालाई उत्प्रेरित गर्ने अपेक्षा गरिएको आयोजकले जनाएको छ ।

कृषि अन्तर्गत कृषिउपज प्रदर्शनी, स्थानीय हस्तकलाको प्रदर्शनी र स्थानीय उद्योगबाट उत्पादित कृषि सामग्रीको प्रदर्शनी स्टल राखिने छ । महोत्सवमा अन्नबाली, दलहन बाली, नगदेबाली, फलफूल, तरकारी, मसला बाली, च्याउ बाली र महलगायत स्थानीय कृषि उपज तथा उत्पादन समावेश गरिने छ ।

महोत्सवमा दुग्धजन्य उपज एवं उत्पादन प्रविधि, पशुपक्षीजन्य उपज एवं उत्पादन तथा प्रविधि, अण्डा लगाएको मासुजन्य बिक्री, मत्स्यजन्य परिकारसमेत समावेश हुने आयोजकले जनाएको छ । महोत्सवबाट बेरोजगार युवा व्यावसायिक कृषितर्फ आकर्षित हुने, कृषि उपजको बजारीकरण भई आयमा वृद्धि हुने, उन्नत एवं हाइब्रिड जातको बीउको प्रयोग तथा उत्पादनमा वृद्धि तथा विदेशबाट फर्केका युवाको कृषितर्फ आकर्षण एवं व्यावसायिकतामा अभिवृद्धि हुने अपेक्षा गरिएको छ । महोत्सव मार्फत तनहुँको पर्यटन प्रवद्र्धन र धार्मिक एवं ऐतिहासिक स्थलको प्रवद्र्धन गरिने तनहुँ उद्योग वाणिज्य संघका निबर्तमान अध्यक्ष तथा महोत्सवका निर्देशक पविन्द्रकुमार श्रेष्ठले बताए ।

महोत्सवमा दुई सय वटा स्टलहरु रहने र एक सय वटा ९० वटा बुकिङ भईसकेको आयोजकले जनाएको छ । तनहुँ उद्योग वाणिज्य संघसँग आबद्ध व्यवसायीको लागि स्टलमा २५ प्रतिशत छुटको व्यवस्था गरिएको स्टल व्यवस्थापन समितिका संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार इकाईका सभापति शुकनारायण श्रेष्ठले जानकारी दिए । महोत्सव सफल बनाउन विभिन्न २९ वटा उपसमिति गठन गरि जिम्मेवारी बाँडफाँड गरिएको प्रयोजन समितिको संयोजक तथा तनहुँ उद्योग वाणिज्य संघका वरिष्ट उपाध्यक्ष ईमकुमार मल्लले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

विश्व हिन्दु महासंघ चितवनको गतिविधि प्रति देवघाट क्षेत्र विकासका पुर्व अध्यक्ष पौडेलको आपत्ती

देवघाट, माघ ४ ‘महा–महोत्सवले देवघाटको राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा प्रचार प्रसार गर्न मद्धत पुग्छ’ देवघाट

समाजबादी प्रेस संगठनका अध्यक्ष सहितका पदाधिकारी प्रेस चौतारीमा प्रवेश

काठमाडौं, माघ ४ समाजवादी प्रेस संगठन नेपालका अध्यक्ष विश्वमणि सुवेदीसहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले

मुख्यमन्त्री समक्ष कृष्ण मोटरमार्ग सहित विभिन्न योजनालाई बजेट माग

दमौली, माघ ३ घिरिङ गाउँपालिकाका जनप्रतिनिधि सहित विभिन्न राजनीतिक दलका प्रतिनिधिले गाउँपालिकाको मुख्य मार्गको रुपमा