पूर्ण स्मृति शुक्लागन्डकी एफएम पत्रकारिता पुरस्कार भट्टराईलाई दिइने

Devghat Online

शेयर गरौ

दमौली, पुस १८

तनहुँ मिडिया नेटवर्क प्रालिद्वारा सञ्चालित पूर्ण स्मृति शुक्लागन्डकी एफएम पत्रकारिता पुरस्कार यस वर्ष लोकवाणी दैनिकका सम्पादक एवं देवघाट अनलाइन र देवघाट सन्देश साप्ताहिकका अध्यक्ष प्रकाशचन्द्र भट्टराईलाई दिइने भएको छ ।

‘पूर्ण स्मृति शुक्लागण्डकी एफ.एम.सम्मान तथा पुरस्कार’–२०८१ को लागि गठित छनौट समितिको विहिबार बसेको बैठकले पत्रकारिता पुरस्कार भट्टराईलाई दिने निर्णय गरेको हो । भट्टराई नेपाल पत्रकार महासंघ तनहुँ शाखाका पुर्व अध्यक्ष हुन् । उनी प्रेस काउन्सिल नेपाल, नेपाल पत्रकार महासंघ तनहुँ, प्रेस चौतारी तनहुँ लगायतका संस्थाबाट प्रदान गरिएको पुरस्कारबाट पुरस्कृत भईसकेका छन् ।

यसैगरि रेडियोले जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति मध्येबाट म्याग्दे गाउँपालिका–२ निवासी भिम रानाभाट ‘ज्यालादारी’ र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति मध्येबाट शुक्लागन्डकी नपा–१२ का समाजसेवी देउबहादुर गुरुङलाई पुरस्कृत एवं सम्मानित गर्ने भएको छ ।

शुक्लागण्डकी एफ.एम.९७.६ मेगाहर्जका तत्कालिन अध्यक्ष पूर्णकुमार श्रेष्ठको स्मृतिमा स्थापित रेडियोका शेयरधनी सदस्य, शुभेच्छुकबाट स्वतस्फूर्त र केहि रकम उहाँको परिवारबाट जम्मा गरि ३ लाख रुपैयाको अक्षयकोष स्थापना गरिएको थियो । सोहि रकमको ब्याजबाट प्राप्त आम्दानीले ३ विधामा क्रियाशिल व्यक्तिहरुलाई वार्षिक रुपमा नगदसहित सम्मान गरिँदै आएको छ ।

पुरस्कृत एवं सम्मानित व्यक्तित्व छनौटका लागि रेडियोका पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय छनोट समिति गठन गरिएको थियो । समिति सदस्यहरुमा रेडियोका उपाध्यक्ष सरस्वती सिग्देल ‘लक्ष्मी’ र सल्लाहकार कमलमोहन घिमिरे रहेका थिए ।

उक्त सम्मान तथा पुरस्कार आगामी पुष २७ गते हुने रेडियोको नवौंं वार्षिक साधारणसभा एवम् छैटौ अधिवेशनको अवसरमा आयोजना हुने विशेष कार्यक्रममा उनीहरुलाई सम्मान गरिने अध्यक्ष ऋषेश्वर भुवाई ऋतुले जानकारी दिए । पत्रकारिता र साहित्यतर्फ पुरस्कारको राशी नगद १०÷१० हजार, प्रमाण पत्र र पूर्ण स्मृति सामाजिक सेवा पुरस्कार तथा सम्मानतर्फ नगद ५ हजार र प्रमाणपत्र रहेको छ ।

तनहुँ जिल्ला भित्र क्रियाशिल रहेका मध्य एक जना उत्कृष्ट पत्रकारिता क्षेत्रमा लागेका व्यक्ति, जिल्लामा साहित्यिक क्षेत्रमा सक्रिय रहेका व्यक्ति र शुक्लागण्डकी नगर क्षेत्रमा सामाजिक क्षेत्रमा सक्रिय व्यक्ति गरि तीन विधामा सम्मान गरिने पूर्व अध्यक्ष नारायण कुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार खोजमुलक पत्रकारितामा कलम चलाउने पत्रकारलाई प्राथमिकता दिईने छ ।

स्व. श्रेष्ठ सञ्चार व्यवसायसँगै, समाजसेवा र साहित्य क्षेत्रमा समेत सक्रिय रहेकाले ३ विधा छनौट गरिएको हो । रेडियोको स्थापनामा महत्वपूर्ण भूमिका निर्वाह गरेका पूर्णको २०७८ जेठ १२ गते हृदयघातका कारण ४८ वर्षको उमेरमा निधन भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचारहरू

तनहुँमा राष्ट्रिय आर्थिक गणना २०८२ सम्पन्न, १७ हजार ९४८ प्रतिष्ठानको तथ्याङ्क संकलन

तनहुँ । असार ९ राष्ट्रिय तथ्याङ्क कार्यालयले देशभर सञ्चालन गरेको राष्ट्रिय आर्थिक गणना २०८२ को

सिद्ध गुफाः “पृथ्वीको गर्भभित्र लुकेको स्वर्ग, जहाँ प्रकृतिले हजारौँ वर्ष लगाएर लेखेको छ अद्भुत इतिहास”

विष्णु मगर । देवघाट, असार ९ तनहुँ जिल्लाको बन्दीपुर गाउँपालिका–४, विमलनगरमा अवस्थित सिद्ध गुफा नेपालकै

सिटिजन्स बैंक लि.को सामाजिक उत्तरदायित्व अन्तर्गत राष्ट्रिय आविका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण

देवघाट । असार ८ सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड नारायणगढ शाखाले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत चितवनको